युनिभर्सिटी अफ वल्भरह्याम्प्टनको बारेमा विशेष छलफल, सेप्टेम्बर इन्टेक २०२५ का लागि अन्तिम अवसर
भक्तपुर, वल्भरह्याम्प्टन विश्वविद्यालय, युनाइटेड किङडमको एक प्रतिष्ठित सार्वजनिक विश्वविद्यालय हो, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै समावेशी र रोजगारमुखी कार्यक्रमहरू प्रदान गर्दै आएको छ। यस विश्वविद्यालयले व्यवसाय, सूचना प्रविधि, हेल्थ साइन्स, इञ्जिनियरिङ, नर्सिङ, शिक्षा लगायतका क्षेत्रहरूमा उत्कृष्ट डिग्री प्रोग्रामहरू सञ्चालन गर्दै आएको छ।

हालै काठमाडौंमा सम्पन्न एक विशेष अन्तरक्रियात्मक कार्यक्रममा, वल्भरह्याम्प्टन विश्वविद्यालयका उच्च पदस्थ प्रतिनिधिहरूले नेपालस्थित बिज एजुकेसन कन्सल्टेन्सी सँग भेटघाट गरी भर्ना प्रक्रिया, शैक्षिक अवसरहरू र आवश्यक योग्यताहरूबारे विस्तृत जानकारी प्रदान गरेका थिए। सो टोलीमा विश्वविद्यालयका डाइरेक्टर अफ स्टुडेन्ट रिक्रूटमेंट, मार्केटिङ एन्ड एडमिसन, ज्याक क्लेयर, रिजनल हेड – साउथ एसिया, क्रान्ति कुमार, तथा असिस्टेन्ट रिजनल म्यानेजर – नेपाल तथा उत्तर भारत, राजिन्दर कौर सम्मिलित हुनुहुन्थ्यो।
कार्यक्रममा विश्वविद्यालय प्रतिनिधिहरूले सेप्टेम्बर २०२५ इन्टेकका लागि अब केही दिन मात्र बाँकी रहेको जानकारी गराएका छन्। इच्छुक विद्यार्थीहरूले अब ढिलो नगरी यथाशीघ्र आवेदन प्रक्रिया थाल्नुपर्ने आवश्यकता छ, किनभने ढिलो गर्दा भर्ना प्रक्रिया र भिसा आवेदनमा समस्या आउन सक्ने सम्भावना रहन्छ।
बिज एजुकेसन कन्सल्टेन्सीले विश्वविद्यालय प्रतिनिधिहरूको भ्रमणबाट प्राप्त मार्गदर्शन र सहयोगलाई अत्यन्तै उपयोगी मानेको छ। संस्थाले अब अझ प्रभावकारी रूपमा विद्यार्थीहरूलाई युकेको उच्च शिक्षा प्रणालीमा जान सहयोग गर्ने योजनासमेत सार्वजनिक गरेको छ।
वल्भरह्याम्प्टन विश्वविद्यालयमा भर्ना भई युकेको शिक्षा, जीवनशैली र रोजगार अवसरहरूको लाभ लिन चाहने विद्यार्थीहरूका लागि यो अन्तिम र उत्कृष्ट अवसर हो।