NAAER Higher Education Meet-Up 2026 काठमाडौंमा सफलतापूर्वक सम्पन्न

काठमाडौं – NAAER Higher Education Meet-Up 2026 काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि र शैक्षिक परामर्श व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उच्च शिक्षामा अन्तर्राष्ट्रिय अवसर र सहकार्यका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्यमा महासचिव B-raj Pandey ले नेपालमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल विस्तार गर्नु आवश्यक रहेको बताए। उपाध्यक्ष Tharendra Adhikari ले शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यावसायिक, पारदर्शी र विद्यार्थी–केन्द्रित बनाउनु पर्नेमा जोड दिए।
University of Adelaide का प्रतिनिधि Anup Shrestha ले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आफ्नो विश्वविद्यालयले बलियो …