सुयान एजुकेशनद्वारा सरस्वती पूजासहित दोस्रो बहुगन्तव्य शैक्षिक मेला सम्पन्न

ललितपुर – सुयान एजुकेशनले श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसर पारेर दोस्रो बहुगन्तव्य शैक्षिक मेला २०२६ सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रम ललितपुरको कुमारीपाटीस्थित सुयान एजुकेशनको कार्यालय परिसरमा माघ ९ गते (जनवरी २३, २०२६) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पन्न भएको हो।
कार्यक्रमको सुरुवात ज्ञान, विद्या र बुद्धिकी देवी सरस्वतीको विधिवत् पूजाआजाबाट गरिएको थियो। आयोजकका अनुसार शैक्षिक मेलालाई श्रीपञ्चमीकै दिन आयोजना गर्नु सुयान एजुकेशनको सांस्कृतिक मूल्य र आधुनिक शैक्षिक आकांक्षालाई एकसाथ जोड्ने दर्शनको प्रतिविम्ब हो।
मेलामा बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, साइप्रस, माल्टा, दक्षिण कोरिया तथा जापानमा अध्ययन गर्न चाहने …