सांस्कृतिक प्रस्तुति र सम्मानसहित भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ समारोह सम्पन्न

काठमाडौँ । V.S. निकेतन शैक्षिक प्रतिष्ठान (SUDHA) को व्यवस्थापनमा सञ्चालित V.S. Niketan Secondary School ले कक्षा १० का विद्यार्थीहरूका लागि आयोजना गरेको दीक्षान्त तथा विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात प्रमुख अतिथिहरूको आगमन तथा अतिथि सम्मानबाट गरिएको थियो। त्यसपछि विद्यालयकी अध्यक्ष उर्मिला पोखरेलले दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटनपछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
कार्यक्रमको पहिलो चरणमा विद्यार्थी तथा विद्यालयका पदाधिकारीहरूको प्रेरणादायी मन्तव्य प्रस्तुत गरिएको थियो। विद्यालयकी हेड गर्ल आरुषी साहले आफ्नो मन्तव्यमा विद्यालयले दिएको शिक्षाले …