logo

२०८३ कार्तिक १२ बुधबार

भक्तपुर जिल्लाकाे घरेलु तथा साना उद्योग प्रदर्शनीमा बिज एजुकेशनको सक्रिय सहभागिता, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि प्रवर्द्धन

भक्तपुर जिल्लाकाे घरेलु तथा साना उद्योग प्रदर्शनीमा बिज एजुकेशनको सक्रिय सहभागिता, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि प्रवर्द्धन


हाम्रो राष्ट्र
  • सोमबार, १३ माघ २०८२
  • 1.8K
    SHARES

    भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा आयोजित जिल्ला स्तरीय घरेलु तथा साना उद्योग उत्पादन प्रदर्शनीमा बिज एजुकेशन कन्सल्टेन्सी प्रा.लि. ले सक्रिय सहभागिता जनाउँदै शैक्षिक परामर्श सेवासँगै आफ्ना सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमहरूलाई समेत सार्वजनिक रूपमा प्रस्तुत गरेको छ।

    प्रदर्शनीका क्रममा बिज एजुकेशनले विदेश अध्ययन सम्बन्धी परामर्श, विश्वविद्यालय छनोट, भिसा प्रक्रिया, छात्रवृत्ति अवसर तथा करियर मार्गदर्शनका विषयमा विद्यार्थी तथा अभिभावकहरूलाई प्रत्यक्ष जानकारी प्रदान गरेको थियो। अध्ययन विदेश गर्न इच्छुक युवाहरूका लागि कम्पनीको स्टल विशेष आकर्षणको केन्द्र बनेको थियो।

    यस अवसरमा बिज एजुकेशनले सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता दर्शाउँदै प्रख्यात वैज्ञानिक तथा समाजसेवी डा. महावीर पुनद्वारा लिखित पुस्तकहरूको बिक्री तथा प्रवर्द्धनसमेत गरेको थियो। पुस्तक बिक्रीबाट संकलित रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्य रहेको जनाइएको छ। राष्ट्रिय आविष्कार केन्द्र नेपालका पूर्व शिक्षा मन्त्रीको नेतृत्वमा सञ्चालित एक महत्वपूर्ण नवप्रवर्तनमूलक संस्था हो, जसले देशभित्रै अनुसन्धान, प्रविधि र उद्यमशीलता विकासमा योगदान पुर्‍याउँदै आएको छ।

    बिज एजुकेशनले विगतदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक संरक्षण तथा नवप्रवर्तन प्रवर्द्धनका क्षेत्रमा विभिन्न CSR कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले विद्यालयहरूमा पुस्तक वितरण, रक्तदान कार्यक्रम, सरकारी विद्यालयमा CCTV जडान, युवा खेलाडीहरूलाई सहयोग, सांगीतिक कार्यक्रममार्फत चन्दा संकलन, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नवप्रवर्तन केन्द्रहरूलाई सहयोग गर्दै आएको जानकारी दिएको छ।

    कम्पनीका प्रतिनिधिहरूका अनुसार शिक्षा परामर्श व्यवसायसँगै समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नु संस्थाको दीर्घकालीन दर्शनको हिस्सा हो। “व्यवसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव पार्नु हाम्रो मुख्य लक्ष्य हो,” कम्पनी स्रोतले जनाएको छ।

    स्थानीय उद्योगी, व्यवसायी, विद्यार्थी तथा सर्वसाधारणले बिज एजुकेशनको स्टलप्रति चासो देखाउँदै अध्ययन विदेशसम्बन्धी जानकारी लिनुका साथै राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने अभियानको प्रशंसा गरेका थिए।

    प्रदर्शनीमा बिज एजुकेशनको उपस्थितिले शिक्षा, उद्यमशीलता र सामाजिक सेवाबीचको सहकार्यलाई उजागर गर्नुका साथै समाजमा जिम्मेवार कर्पोरेट संस्कृतिको सन्देश प्रवाह गरेको आयोजक पक्षले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend