logo

२०८३ असोज २८ बुधबार

आइरिन (IERIN) द्वारा बडा दशैं शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न

आइरिन (IERIN) द्वारा बडा दशैं शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, २७ असोज २०८३
  • 494
    SHARES

    काठमाडौं — इन्टरनेशनल एजुकेसन रिप्रिजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आइरिन – IERIN) ले आफ्ना सदस्य, शैक्षिक परामर्शदाता तथा क्षेत्रगत प्रतिनिधिहरूबीच विजया दशमीको अवसरमा एक विशेष ‘दशैं भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम’ नागपोखरीस्थित आरण्य बुटिक होटलमा भव्य रूपमा सम्पन्न गरेको छ।

    कार्यक्रमको शुभारम्भ आइरिनका महासचिव देवराज थापा (म्याग्निफिसन्ट एजुकेसन एण्ड आईटी सर्भिसेज प्रा. लि.) ले स्वागत मन्तव्य व्यक्त गर्दै गर्नुभएको थियो। महासचिव थापाले उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई दशैंको शुभकामना दिँदै नेपालको वैदेशिक अध्ययन परामर्श क्षेत्रमा आपसी सहकार्य, एकता र उच्च व्यावसायिक मापदण्ड कायम राख्नुपर्नेमा जोड दिनुभयो।

    शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख आकर्षणका रूपमा युनिक्याम्पस ग्लोबल (Unicampus Global) लाई आइरिनको आज जीवन सदस्य (Lifetime Member) का रूपमा औपचारिक सम्मान तथा नागरिक अभिनन्दन गरियो। वैदेशिक शिक्षा क्षेत्रमा परामर्श तथा विद्यार्थी सहजीकरणमा संस्थाले पुर्‍याएको निरन्तर योगदानको कदर गर्दै उक्त सदस्यता प्रदान गरिएको हो।

    कार्यक्रममा सहभागी अन्य विशिष्ट अतिथि तथा परामर्शदाताहरूले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो:

    • आइरिनका सल्लाहकार नारायण बजाज ले आगामी दशैं तथा तिहारको पावन अवसरमा सम्पूर्ण सदस्यहरूको व्यावसायिक प्रगति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभयो।
    • नायरका अध्यक्ष उद्धव खड्का ले शुभकामना व्यक्त गर्दै शैक्षिक परामर्श क्षेत्रलाई अझ पारदर्शी, जिम्मेवार र एकीकृत बनाएर लैजानुपर्ने धारणा राख्नुभयो।

    उक्त दशैं भेटघाट तथा शुभकामना कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल बनाउन आइरिनका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति र सक्रिय भूमिका रहेको थियो। कार्यक्रममा अध्यक्ष योगेश क्षेत्री (एड्यु ब्रिज प्रा. लि.), निवर्तमान अध्यक्ष हेमन्त भण्डारी (मेन्टर इन्स्टिच्युट प्रा. लि.), उपाध्यक्ष मञ्जु धमला थापा (हम्बल्ड एजुकेसन कन्सल्टेन्सी प्रा. लि.), महासचिव देवराज थापा, सचिव लक्ष्मण योञ्जन (एमिनेन्ट एजुकेसनल इन्स्टिच्युट प्रा. लि.) र कोषाध्यक्ष कृष्णराज पोखरेल (ट्रान्स ग्लोब एजुकेसन) को उपस्थिति रहेको थियो।त्यस्तै, कार्यसमिति सदस्यहरू ओम प्रकाश उपाध्याय (ओम्स एब्रोड कन्सल्ट), राकेश श्रेष्ठ (एक्सेस एजुकेसन नेटवर्क प्रा. लि.), सुजाता शेर्पा (स्टडी स्क्वायर नेपाल प्रा. लि.) र शशांक पौडेल (नेपाल एजुकेसन कन्सल्टेन्सी प्रा. लि.) ले कार्यक्रम व्यवस्थापन तथा आतिथ्यतामा विशेष योगदान पुर्‍याउनुभएको थियो।

    कार्यक्रमको समापन गर्दै आइरिनका अध्यक्ष योगेश क्षेत्री ले सम्पूर्ण सहभागी अतिथि, संस्थाका सल्लाहकार, आज जीवन सदस्य युनिक्याम्पस ग्लोबल तथा आफ्ना सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आइरिन सदैव परामर्शदाता संस्था र अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरूको हकहित संरक्षणमा प्रतिबद्ध रहने पुनरोच्चार गर्नुभयो।

    औपचारिक शुभकामना कार्यक्रमपछि सहभागीहरूबीच सामुहिक तस्बिर (ग्रुप फोटो) खिच्नुका साथै रात्रीभोज (नेटवर्किङ डिनर) सहित कार्यक्रम सम्पन्न भएको थियो।

    Photo Archive

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend