logo

२०८३ असोज २३ शुक्रबार

नायार (NAAER) द्वारा मक्सी काठमाडौंमा ‘बडादसैँ २०८३’ शुभकामना आदानप्रदान तथा उत्सव कार्यक्रम सम्पन्न

नायार (NAAER) द्वारा मक्सी काठमाडौंमा ‘बडादसैँ २०८३’ शुभकामना आदानप्रदान तथा उत्सव कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, २३ असोज २०८३
  • 1K
    SHARES

    काठमाडौं — नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (NAAER) ले ‘Celebrate • Connect • Cherish Togetherness’ भन्ने मूल नाराका साथ दरबारमार्ग, तीनधारास्थित मक्सी काठमाडौं (Moxy Kathmandu) मा वार्षिक चाडपर्व विशेष ‘बडादसैँ २०८३’ कार्यक्रम भव्य रूपमा आयोजना गरेको छ।

    उक्त कार्यक्रममा नेपालको शैक्षिक परामर्श क्षेत्रका प्रमुख नेतृत्वकर्ता, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले एकापसमा दसैँको शुभकामना आदानप्रदान गर्नुका साथै व्यावसायिक एकता र सांस्कृतिक भाइचारा अभिवृद्धिमा जोड दिएका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै NAAER का अध्यक्ष उद्धव खड्काले शैक्षिक परामर्श क्षेत्रभित्र ऐक्यबद्धता र सहकार्यको ठूलो महत्त्व रहेको बताए। उनले कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागीता जनाउने सम्पूर्ण सदस्यहरू, अतिथिहरू तथा नायारको कार्यसमितिलाई हार्दिक धन्यवाद ज्ञापन गरे।

    त्यस्तै, कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (ECAN) का पूर्वअध्यक्ष प्रकाश पाण्डे र इन्टरनेसनल एजुकेसन रिप्रिजेन्टेटिभ्स इनिसिएटिभ नेपाल (IERIN) का अध्यक्ष योगेश क्षेत्रीले दसैँ २०८३ को पावन अवसरमा उपस्थित सम्पूर्ण अतिथि एवं समग्र शैक्षिक क्षेत्रलाई शुभकामना व्यक्त गरे। उहाँहरूले शैक्षिक परामर्श क्षेत्रमा आपसी सहकार्य र भाइचारा बढाउन यस्ता सुखद र स्मरणीय कार्यक्रम आयोजना गरेकोमा NAAER प्रति आभार प्रकट गर्नुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend