logo

२०८३ असोज २३ शुक्रबार

नगरकोटको होटल मिस्टिक माउन्टेनमा ‘जीयूएस युके गेटअवे’ सम्पन्न

नगरकोटको होटल मिस्टिक माउन्टेनमा ‘जीयूएस युके गेटअवे’ सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, १८ असोज २०८३
  • 377
    SHARES

     ग्लोबल युनिभर्सिटी सिस्टम्स (GUS) को आयोजना तथा द युनिभर्सिटी अफ ल (ULaw) र आर्डेन युनिभर्सिटी (Arden University) को सहकार्यमा नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा असोज १६ र १७ (अक्टोबर २–३) मा ‘जीयूएस युके GETAWAY’ कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक क्षेत्रका प्रतिनिधिहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउन र उच्च शिक्षाका अवसरहरूबारे छलफल गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल युनिभर्सिटी सिस्टम्स (GUS) का बेलायतका लागि अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यकारी निर्देशक उला टाङ-प्लोम्यान (Ula Tang-Plowman) ले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा तथा विश्वव्यापी अवसरहरूको विस्तारमा जोड दिनुभयो।

    त्यस्तै, आर्डेन युनिभर्सिटीकी सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर निलम शर्मा (Neelam Sharma) ले कार्यक्रमको महत्त्व, शैक्षिक मार्ग र सहकार्यका अवसरहरूबारे आफ्ना विचार तथा अनुभव साझा गर्नुभयो।

    कार्यक्रमको अन्त्यमा द युनिभर्सिटी अफ ल (ULaw) की दक्षिण एसियाका लागि एसोसिएट निर्देशक बिनिता बाँस्तोला (Binita Bastola) ले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी, आयोजक तथा सहयोगी संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

    दुई दिनसम्म चलेको उक्त कार्यक्रममा प्यानल छलफल, अन्तर्क्रियात्मक खेल, नेटवर्किङका साथै विविध मनोरञ्जनात्मक गतिविधिहरू समावेश थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend