logo

२०८३ असोज २३ शुक्रबार

माछापुच्छ्रे आई.बी. वर्ल्ड स्कुलका विद्यार्थीद्वारा ‘नालापानी’ ऐतिहासिक नाटक भव्य रूपमा मञ्चन

माछापुच्छ्रे आई.बी. वर्ल्ड स्कुलका विद्यार्थीद्वारा ‘नालापानी’ ऐतिहासिक नाटक भव्य रूपमा मञ्चन


हाम्रो राष्ट्र
  • मंगलबार, २० असोज २०८३
  • 546
    SHARES

    ललितपुर: ललितपुरको कुसुन्तीमा अवस्थित माछापुच्छ्रे आई.बी. वर्ल्ड स्कुलका कक्षा ५ का विद्यार्थीहरूले हाम्रा वीर पुर्खाहरूको अदम्य साहस, वीरता, देशप्रेम र बलिदानको गौरवशाली इतिहासलाई स्मरण गर्दै ‘नालापानी’ ऐतिहासिक नाटक भव्य रूपमा मञ्चन गरेका छन्।

    समारोहको शुभारम्भ प्रमुख अतिथि प्रा. डा. वासुदेव काफ्ले तथा विद्यालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. विनोद प्रसाद यादवद्वारा तुलसीको मठमा जल अर्पण गरी औपचारिक रूपमा गरिएको थियो। कार्यक्रममा सीईओ डा. विनोद प्रसाद यादवले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा ऐतिहासिक तथा सांस्कृतिक गतिविधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

    कार्यक्रमलाई थप प्रभावकारी र रोचक बनाउन विद्यालयका प्रिन्सिपल होमप्रसाद आचार्य तथा स्कुल को-अर्डिनेटर रवीन्द्र घिमिरेको विशेष उपस्थिति रहेको थियो। विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै ऐतिहासिक नाटक सफलतापूर्वक मञ्चन गराउन योगदान पुर्‍याउनुभएका नाटक निर्देशक नवीन काफ्लेलाई विद्यालय परिवारका तर्फबाट विशेष धन्यवाद ज्ञापन गरियो।

    ऐतिहासिक घटनालाई जीवन्त अभिनय, प्रभावशाली संवाद र भावपूर्ण प्रस्तुतिमार्फत विद्यार्थीहरूले नालापानीको वीरगाथालाई मञ्चमा जीवन्त रूपमा प्रस्तुत गरेका थिए। यस प्रस्तुतिले विद्यार्थीहरूमा इतिहासप्रतिको सम्मान, राष्ट्रिय भावना, आत्मविश्वास, सिर्जनशीलता र सहकार्यको भावना अझ सुदृढ बनाउने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। पुर्खाहरूले राष्ट्र र मातृभूमिको रक्षाका लागि देखाएको साहस र समर्पणलाई नयाँ पुस्तासम्म पुर्‍याउने विद्यालयको यो प्रयास साँच्चिकै प्रशंसनीय र स्मरणीय रह्यो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend