काठमाडौँ — बेलायतको प्रतिष्ठित हार्पर एडम्स युनिभर्सिटीले काठमाडौँको ठमेलस्थित होटेल अलफ्टमा नेपालका शैक्षिक परामर्श व्यवसायीहरूसँग विशेष अन्तरक्रिया तथा ‘पार्टनर्स मिट’ आयोजना गरेको छ। कार्यक्रममा युनिभर्सिटीका उच्च प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका लागि उपलब्ध शैक्षिक अवसर, परिमार्जित भर्ना मापदण्ड तथा आगामी इनटेकहरूबारे जानकारी गराए।
कार्यक्रममा बोल्दै हार्पर एडम्स युनिभर्सिटीका चिफ ग्लोबल इम्प्याक्ट अफिसर (Chief Global Impact Officer) रोबिन ह्याली (Robin Halley) ले विश्वविद्यालयको परिचय प्रस्तुत गर्दै यसका विशिष्ट शैक्षिक कार्यक्रम, उद्योग-केन्द्रित अनुसन्धान तथा विश्वव्यापी दिगो विकासमा युनिभर्सिटीले खेलिरहेको भूमिकाबारे प्रकाश पारे। उनले युनिभर्सिटीले विद्यार्थीहरूलाई व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै विश्व बजारमा प्रतिस्पर्धी बनाउन जोड दिँदै आएको बताए।
यसैगरी, साउथ एसियाका लागि रिजनल अफिसर (Regional Officer – South Asia) अरविन्दर कौर (Arvinder Kaur) ले आगामी शैक्षिक सत्र (Intakes), अपडेट गरिएको भर्ना मापदण्ड (Entry Criteria) र आवेदन प्रक्रियाबारे विस्तृत जानकारी प्रस्तुत गरिन्। प्रस्तुतिका क्रममा उनले परामर्शदाता व्यवसायी तथा काउन्सिलरहरूले उठाएका भर्ना मापदण्ड, कागजात प्रक्रिया र विद्यार्थी सुविधासम्बन्धी जिज्ञासाहरूको सम्बोधन गरेकी थिइन्।
कार्यक्रममा इन्टरनेसनल म्यानेजर – रिक्रुटमेन्ट एन्ड पार्टनरसिप (International Manager – Recruitment & Partnerships) यतिन गुप्ता (Yatin Gupta) ले युनिभर्सिटी र नेपालका शैक्षिक परामर्शदाताहरूबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय प्रतिभाहरूलाई युकेको उच्च शिक्षासँग जोड्न विश्वविद्यालय सधैँ तत्पर रहेको बताए।
औपचारिक कार्यक्रमपश्चात् आयोजित नेटवर्किङ सेसन तथा डिनरमा युनिभर्सिटीका प्रतिनिधिहरू र नेपाली परामर्शदाताहरूबीच आगामी दिनमा विद्यार्थी भर्ना तथा शैक्षिक सहकार्यलाई कसरी अगाडि बढाउने भन्नेबारे फलदायी छलफल भएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend