काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ। सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोध, ६ः३० देखि ७ः३० बजेसम्म दाबी–विरोधउपर जाँचबुझ गरिनेछ। अन्तिम मतदाता नामावली भने राति ८ः३० बजे प्रकाशन हुनेछ।
असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि उम्मेदवारीउपर दाबी–विरोध तथा जाँचबुझको प्रक्रिया पूरा गरी राति ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
मतदान कहाँ–कहाँ हुनेछ?
कांग्रेस केन्द्रीय निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ।
मतदान सम्पन्न भएपछि सोही दिन मतगणना सुरु गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend