logo

२०८३ कार्तिक १२ बुधबार

१८३ खेलाडीलाई पछि पार्दै राजकुमार राई बने चेस च्याम्पियन

१८३ खेलाडीलाई पछि पार्दै राजकुमार राई बने चेस च्याम्पियन


हाम्रो राष्ट्र
  • मंगलबार, २६ साउन २०८३
  • 819
    SHARES

    ललितपुर: पाभिलियन्स चेस एकेडेमीको आयोजनामा सातदोबाटोस्थित एसजीपीए भवनमा सम्पन्न ‘श्रम संस्कृति पार्टी बिलो १७०० फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता’को उपाधि राजकुमार राईले जितेका छन्।

    ९ चरणको खेलमा ८ अंक जोड्दै राई च्याम्पियन बने। समान ८ अंक प्राप्त गरेका पञ्चकुमार साहु दोस्रो र अबिन पाण्डे तेस्रो भए। मादन राई ७.५ अंकसहित चौथो स्थानमा रहे।

    प्रतियोगितामा १८३ खेलाडी सहभागी थिए। बिलो १७०० फिडे रेटिङका खेलाडीबीच भएको प्रतियोगितामा महिला, विभिन्न उमेर समूह, सिनियर, अनरेटेड तथा पाभिलियन्स चेस एकेडेमीका विद्यार्थीका लागि समेत छुट्टाछुट्टै विधामा पुरस्कार प्रदान गरिएको थियो।

    प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ६ हजार ५ सय रुपैयाँ रहेको थियो। मुख्य विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ८ हजार र ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

    नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा आयोजित प्रतियोगिताले नयाँ तथा युवा खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै नेपाली बुद्धिचालको विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend