नेपाल शैक्षिक परामर्श संघ (NECSA) ले रसुवाका बाढी प्रभावित नागरिकहरूका लागि राहत सामग्री वितरण गरेको छ।
बाढीबाट सिर्जित विनाशकारी अवस्थालाई ध्यानमा राख्दै NECSA ले प्रभावित क्षेत्रमा औषधि, खानेपानी तथा अत्यावश्यक खाद्य सामग्रीहरू हस्तान्तरण गरेको हो। उक्त राहत सामग्री NECSA का कार्यवाहक अध्यक्ष आशिष कुँवर तथा महासचिव गणेश बेल्वासेले प्रभावितहरूलाई हस्तान्तरण गर्नुभएको छ।
विपद्को यस कठिन घडीमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति संघ सधैँ प्रतिबद्ध रहेको NECSA ले जनाएको छ।यसै बीच, NECSA ले केही दिनभित्रै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि थप आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend