logo

२०८३ भाद्र १७ बुधबार

रसुवा र नुवाकोटका बाढी–पहिरोपीडितका लागि FECON को राहत अभियान: सहयोग जुटाउन अपिल

रसुवा र नुवाकोटका बाढी–पहिरोपीडितका लागि FECON को राहत अभियान: सहयोग जुटाउन अपिल


हाम्रो राष्ट्र
  • बुधबार, १७ भाद्र २०८३
  • 1.5K
    SHARES

    काठमाडौँ। हालैको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोबाट प्रभावित बनेका रसुवा र नुवाकोटका पीडित परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले स्वतन्त्र शैक्षिक परामर्श सङ्घ नेपाल (FECON) को नेतृत्वमा राहत सामग्री संकलन तथा वितरण अभियान सञ्चालन भइरहेको छ। FECON ले स्वयं राहत सामग्री संकलन गरी भोलि नै प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष रूपमा वितरण गर्ने तयारी गरेको छ। यस विपद्को कठिन घडीमा पीडितहरूलाई आवश्यक सहायता पुर्‍याउन FECON ले आफ्ना सम्पूर्ण सदस्य संस्थाहरू, शुभेच्छुकहरू तथा सहयोगी मनहरूलाई राहत संकलन अभियानमा जोडिई सहयोग गर्न हार्दिक अपिल गरेको छ।

    FECON ले पीडित परिवारहरूलाई तत्कालै चाहिने खाद्यान्न, स्वास्थ्य, र आवास सम्बन्धी अत्यावश्यक राहत सामग्रीहरूको सूची जारी गर्दै इच्छुक दाताहरूलाई आजै सामग्री उपलब्ध गराउन अनुरोध गरेको छ। अभियानका लागि विशेष गरी चामल, दाल, चिउरा जस्ता खाद्यान्न, प्रशोधित खानेपानी, ओढ्ने कम्बल तथा लत्ताकपडा, र अस्थायी बसोबासका लागि टेन्ट संकलन भइरहेको छ। यसका साथै प्राथमिक उपचारका सामग्री, आवश्यक औषधिहरू, महिलाहरूका लागि स्यानिटरी प्याड, र उज्यालोका लागि टर्च तथा ब्याट्री जस्ता सामग्री बुझाउन FECON ले आग्रह गरेको छ।

    प्राप्त भएका सम्पूर्ण राहत सामग्रीहरू प्रभावित क्षेत्रका वास्तविक पीडित परिवारसम्म प्रत्यक्ष रूपमा पुर्‍याइने FECON ले प्रतिबद्धता जनाएको छ। सहयोग गर्न चाहने इच्छुक व्यक्ति वा संस्थाहरूले आजै FECON लाई सामग्री उपलब्ध गराउन सक्नेछन्। राहत सामग्री बुझाउन तथा थप जानकारीका लागि सम्पर्क नम्बर 9843481379 मा सीधा सम्पर्क गर्न सकिनेछ। विपद्को यो कठिन घडीमा पीडितहरूको साथमा उभिन र उनीहरूको घाउमा मलम लगाउन FECON ले सबैलाई एकजुट भएर राहत अभियानमा सहभागी हुन पुनः आह्वान गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend