logo

२०८३ कार्तिक १२ बुधबार

ECAN द्वारा नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

ECAN द्वारा नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण


हाम्रो राष्ट्र
  • बिहिबार, १८ भाद्र २०८३
  • 2.3K
    SHARES

    काठमाडौँ — “मानवता नै हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी हो” भन्ने मूल भावका साथ नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले नुवाकोटका बाढी प्रभावित परिवारहरूका लागि सञ्चालन गरेको राहत वितरण अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।संस्थाका पदाधिकारी तथा प्रतिनिधि सम्मिलित टोलीले बाढीबाट प्रत्यक्ष प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको छ।

    ECAN का अध्यक्ष श्री लक्ष्मण पौडेल, महासचिव श्री भवनाथ हुमागाईं, प्रथम सचिव श्री सुरज सिलवाल, केन्द्रीय कार्यसमिति सदस्यहरू श्री विवेक बस्नेत, श्री दामोदर शर्मा तथा सदस्य श्री टंक बस्यालको उपस्थितिमा उक्त राहत प्रत्यक्ष रूपमा वितरण गरिएको थियो।राहत सामग्री नुवाकोटको त्रिशूली, बेत्रावती होल्डिङ सेन्टर तथा देवीघाट होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई उपलब्ध गराइएको हो।

    अभियानअन्तर्गत प्रभावितहरूका लागि खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीका साथै दैनिक उपभोगका अन्य अत्यावश्यक सामग्रीहरू वितरण गरिएको छ। संस्थाले यस अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण दाताहरू, ECAN परिवार, स्वयंसेवक, शुभेच्छुक तथा स्थानीय तहका समन्वयकर्ताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

    साना सहयोगले पनि संकटमा परेका नागरिकको जीवनमा ठूलो आशा जगाउन सक्ने विश्वास व्यक्त गर्दै ECAN ले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै यस्ता मानवीय कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend