logo

२०८३ साउन १३ बुधबार

डेङ्गुका विरामीको उपचारका लागि भरतपुर अस्पतालमा छुट्टै संयन्त्र तयार

डेङ्गुका विरामीको उपचारका लागि भरतपुर अस्पतालमा छुट्टै संयन्त्र तयार


हाम्रो राष्ट्र
  • शनिबार, २० साउन २०८०
  • 1.1K
    SHARES

    भरतपुर । चितवनको भरतपुर अस्पतालले डेङ्गु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेङ्गु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो । अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ ।

    प्रवक्ता कँडेलले देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप फैलिएसँगै चितवन र आसपासका जिल्लामा सजगता अपनाउन जरुरी रहेको भन्दै डेङ्गुका बिरामी आएमा तत्काल उपचारको प्रबन्ध गर्न टिम बनाइएको बताए ।

    उनका अनुसार आकस्मिक कक्षमा एक जना डेङ्गु सङ्क्रमितलाई हेर्ने गरी व्यवस्था गरिएको छ । डेङ्गु सङ्क्रमित फेला परेमा तत्काल उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानीय टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय र स्थानीय तहलाई नियन्त्रणका उपाय अपनाउन उनले आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend