कास्की: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उपप्रधानमन्त्री सिंहले बिआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरिनुपर्नेमा जोड दिनुभयो । “वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त नहुने देखिन्छ । परियोजना सम्पन्न हुन समय लाग्ने र पछि सरकारलाई ऋण तिर्न गाह्रो हुने भएकाले अनुदान लिनु उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend