logo

२०८३ कार्तिक १२ बुधबार

‘पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ’

‘पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ’


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ पुष २०८१
  • 3K
    SHARES

    दमौली (तनहुँ): नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको नव निर्वाचित पदाधिकारी एवं सदस्यहरूको पदस्थापन कार्यक्रममा आज यहाँ बोल्दै उहाँले पत्रकारिता क्षेत्रमा विश्वासको सङ्कट उत्पन्न भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “ठूला सञ्चारगृहप्रति जनताको विश्वास घट्दो छ । यो चिन्ताको विषय हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगत्ले पुर्याएको योगदान अतुलनीय छ । यो क्षेत्रमा विश्वास कायम राख्न सक्नुपर्छ ।”

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति प्रा डा कृष्णप्रसाद गौतमले राज्यको चौथो अङ्गका रूपमा रहेको प्रेस जगत् निष्पक्ष हुनुपर्ने बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend