logo

२०८३ साउन १५ शुक्रबार

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । निरौला रेजिना उप्रेतीलाई २६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

    शनिबार भएको मतदानमा ४ सय ६८ खसेको मतमा निरौलाले २ सय ३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत पाइन् ।

    त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए । त्यस्तै महासचिवमा सविन श्रेष्ठ सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सह–कोषाध्यक्षमा पबित्रा आचार्य विजयी भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend