logo

२०८३ साउन १३ बुधबार

इजरायलको विदेश मन्त्रालयद्वारा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको स्वागत, नगरपालिका नवप्रवर्तन तथा सहकार्यमा ऐतिहासिक पहल

इजरायलको विदेश मन्त्रालयद्वारा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको स्वागत, नगरपालिका नवप्रवर्तन तथा सहकार्यमा ऐतिहासिक पहल


हाम्रो राष्ट्र
  • आइतबार, २९ असार २०८२
  • 4.5K
    SHARES

    काठमाडौं, इजरायलको विदेश मन्त्रालयले नेपालका विभिन्न निकायहरूबाट प्रतिनिधित्व गर्ने १४ सदस्यीय उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई २०२५ जुलाई १२ देखि १८ सम्म इजरायलको औपचारिक भ्रमणका लागि स्वागत गरेको छ। यो भ्रमण इजरायलको फेडेरेसन अफ लोकल गभर्नमेन्ट्स द्वारा आयोजना गरिने वार्षिक प्रमुख कार्यक्रम Muni Expo 2025 सँग समन्वयमा सम्पन्न हुँदैछ, जुन जुलाई १५ देखि १७ सम्म हुनेछ।

     

    यो पहिलो पटक हो कि नेपालका शहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, र विभिन्न नगरपालिका कार्यालयका नीति निर्माण तथा योजना विभागका वरिष्ठ अधिकारीहरू तथा मेयरहरूको सहभागितामा इजरायलमा केन्द्रित कार्यक्रममा सहभागी हुँदैछन्। यो भ्रमण नगरपालिका नवप्रवर्तन र शहरी सुदृढता (urban resilience) मा आधारित हुनेछ।

     

    Muni Expo इजरायलको सबैभन्दा ठूलो र महत्वपूर्ण नगरपालिका सम्बन्धी प्रदर्शनी हो, जसले विश्वभरका मेयर, नीति निर्माता र स्थानीय सरकार प्रमुखहरूलाई एउटै मञ्चमा ल्याउँछ। यस वर्षको Expo को मुख्य विषयवस्तु “Local Compass” रहेको छ, जसमा संकट व्यवस्थापन, स्थानीय–राष्ट्रिय समन्वय, र यहूदी विरोध (Antisemitism) विरुद्धको संघर्षजस्ता महत्वपूर्ण विषयहरूमा छलफल हुनेछ। प्रतिनिधिमण्डलले १५० भन्दा बढी इजरायली तथा अन्तर्राष्ट्रिय कम्पनी र स्टार्टअपहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गर्नेछ, नवीनतम नगरपालिका परियोजनाहरूको अनुभव लिनेछ र वैश्विक सहकार्यको सम्भावना निर्माण गर्नेछ।

     

    Muni Expo को सहभागितासँगै नेपाली प्रतिनिधिमण्डलले जेरुशलम, तेल अविभ-याफो, याद भासेम – विश्व होलोकस्ट स्मृति केन्द्र, शाफदान फोहोर पानी प्रशोधन केन्द्र, म्युनिसिपल इनोभेसन सेन्टर, र स्देरोटस्थित प्रहरी कार्यालय समेत भ्रमण गर्नेछ। यी भ्रमणहरूबाट इजरायलको उन्नत शहरी प्रविधि, पूर्वाधार विकास र व्यवस्थापन प्रणालीको प्रत्यक्ष अनुभव लिने अवसर हुनेछ।

     

    त्यसैगरी प्रतिनिधिमण्डलले नोभा फेस्टिभल स्थल समेत भ्रमण गर्नेछ, जहाँ २०२३ अक्टोबर ७ मा हमास आतंककारी समूहले निर्दोष नागरिकहरूमाथि निर्मम आक्रमण गरि सयौंको हत्या गरेका थिए। सोही दिन किबुट्ज अलुमिम मा हमासले १० जना नेपालीको पनि हत्या गरेको थियो। हालसमेत हमास र अन्य आतंकी समूहहरूले ५० जना बन्दीलाई कब्जामा राखिरहेका छन्, जसमा नेपाली नागरिक विपिन जोशी पनि छन्।

     

    यो भ्रमण नेपाल र इजरायलबीच सस्टेनेबल शहरी विकास, सीप तथा क्षमता विकास, र नगर तथा राष्ट्रिय तहमा ज्ञान आदान–प्रदानको क्षेत्रमा सहकार्य विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। इजरायलको दूतावासले नेपाल–इजरायल सम्बन्धमा यस्ता कार्यक्रमहरूले थप बहुपक्षीय सहकार्यको ढोका खोल्ने विश्वास व्यक्त गरेको छ, जसले दुवै मुलुकलाई दीर्घकालीन लाभ पुर्‍याउनेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend