logo

२०८३ कार्तिक १२ बुधबार

प्याक एशिया नेपालद्वारा अष्ट्रेलिया एजुकेसन फेयर सफलतापूर्वक सम्पन्न

प्याक एशिया नेपालद्वारा अष्ट्रेलिया एजुकेसन फेयर सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, २६ कार्तिक २०८२
  • 4.1K
    SHARES

    काठमाडौँ — प्याक एशिया नेपाल (PAC Asia Nepal) ले आयोजना गरेको अष्ट्रेलिया एजुकेसन फेयर काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार (कात्तिक २४) मेट्रोपार्क बिल्डिङ, लाजिम्पाटस्थित प्याक एशिया अफिसमा सम्पन्न कार्यक्रममा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

    दिउँसो १२ बजे देखि ५ बजे सम्म सञ्चालन भएको मेलामा विद्यार्थीहरूले प्रत्यक्षरूपमा अष्ट्रेलियाका विश्वविद्यालयका प्रतिनिधिहरूसँग एक–एक गरी भेटघाट गर्ने अवसर पाएका थिए। कार्यक्रममा विद्यार्थीहरूले भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर, अध्ययन कार्यक्रम र करियरका सम्भावनाबारे विस्तृत जानकारी प्राप्त गरे।

    फेयरमा सहभागी विश्वविद्यालयहरूमा Deakin University, The University of Western Australia, Western Sydney University, Southern Cross University, Federation University, University of Southern Queensland, University of Technology Sydney (UTS), UTS College, Le Cordon Bleu Australia, The Hotel School Australia लगायतका प्रतिष्ठित अष्ट्रेलियन विश्वविद्यालयहरू रहेका थिए।

    विद्यार्थीहरूले कार्यक्रममा स्पट एडमिशन, उच्च मूल्यका छात्रवृत्ति, र तत्कालै शैक्षिक ऋण (On Spot Education Loan) जस्ता सुविधाहरू पाउने अवसर पाए, जसले कार्यक्रममा सहभागीहरूमा थप उत्साह भर्‍यो।

    कार्यक्रमको सफलतापूर्वक सम्पन्नतापछि प्याक एशिया नेपालकी Business Head स्वेता अग्रवाल ले सबै विश्वविद्यालय प्रतिनिधि, विद्यार्थी तथा सहकार्य संस्थाप्रति आभार व्यक्त गर्दै भनिन्—

    “हामी सबै विश्वविद्यालय प्रतिनिधि, विद्यार्थी र सहकार्य साझेदारहरूप्रति धन्यवाद व्यक्त गर्न चाहन्छौं। विद्यार्थीहरूलाई पारदर्शी जानकारी र नैतिक सल्लाहमार्फत् सही निर्णयमा सहयोग पुर्‍याउन PAC Asia प्रतिबद्ध छ।”

    फेयरले अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई विश्वसनीय जानकारी, प्रत्यक्ष परामर्श र विश्वविद्यालयसँग सीधा सम्पर्कको प्लेटफर्म प्रदान गरेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend