logo

२०८३ साउन १४ बिहिबार

काठमाण्डौ महानगर–२९ द्वारा महिला स्वास्थ्य सचेतना कार्यक्रम : ‘Menopause’ बारे विशेषज्ञसँग प्रत्यक्ष सीप–ज्ञान आदान–प्रदान

काठमाण्डौ महानगर–२९ द्वारा महिला स्वास्थ्य सचेतना कार्यक्रम : ‘Menopause’ बारे विशेषज्ञसँग प्रत्यक्ष सीप–ज्ञान आदान–प्रदान


हाम्रो राष्ट्र
  • सोमबार, ९ मंसिर २०८२
  • 4.1K
    SHARES

    काठमाण्डौ: महिलाको स्वास्थ्य र जीवन–गुणस्तरलाई लक्ष्य बनाएर काठमाण्डौ महानगरपालिका–२९ वडा महिला संजालले ‘Menopause स्वास्थ्य सचेतना कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। महिलाहरूमा मेनोपजबारे अझै पर्याप्त जानकारी अभाव रहेका कारण समयमै सचेतना, उपचार–विकल्प र व्यवहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

    मेनोपज महिलाको प्राकृतिक जीवन–चक्रको एक महत्वपूर्ण चरण हो। तर धेरै दिदीबहिनीहरूले यस अवधिमा देखिने शारीरिक परिवर्तन, मानसिक प्रभाव, हर्मोन सम्बन्धी असन्तुलन, निद्रा समस्या, कोलेस्ट्रोल वृद्धि, हड्डी कमजोर हुने समस्या (Osteoporosis) जस्ता विषयबारे स्पष्ट जानकारी पाउन नसक्दा जीवन–गुणस्तरमा प्रत्यक्ष असर परिरहेको देखिन्छ।

    यही कारण, लक्षण, कारण, जोखिम, रोकथाम र व्यवस्थापन विषयमा सम्बन्धित क्षेत्रका स्वास्थ्य विशेषज्ञहरूद्वारा प्रत्यक्ष प्रस्तुति र अन्तरक्रिया गरिने कार्यक्रम तय गरिएको वडा महिला संजालले जनाएको छ।

    वडा महिला संजालकी संयोजक रेनु श्रेष्ठका अनुसार, “यो कार्यक्रम महिलाहरूले खुला रूपमा आफ्नो समस्या राख्न पाउने, समाधान खोज्न पाउने र वैज्ञानिक आधारमा जानकारी लिने सुवर्ण अवसर हो।”

    त्यस्तै, वडा महिला संजाल सदस्य निर्मला सुवेदी–मिश्रले  कार्यक्रम का म पा २९ वडा कार्यलय मंसिर १० गते बुधबार बिहान ११ बजे मेनोपजसम्बन्धी हुने र यसकार्यक्रमले गलत धारणाहरू हटाइ सचेतना र आत्म–विश्वास बढाइ समुदायमै स्वास्थ्यमैत्री वातावरण बनाउने उद्देश्य रहेको बताइन्।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend