logo

२०८३ साउन १५ शुक्रबार

माछापुच्छ्रे वर्ल्ड स्कूलमा ‘चम्किला अनुहार’ नाटक सफलतापूर्वक सम्पन्न

माछापुच्छ्रे वर्ल्ड स्कूलमा ‘चम्किला अनुहार’ नाटक सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • बुधबार, ११ मंसिर २०८२
  • 2.3K
    SHARES

    माछापुच्छ्रे I.B. वर्ल्ड स्कूलका कक्षा ६ का विद्यार्थीहरूले प्रस्तुत गरेको ‘चम्किला अनुहार’ नाटक विद्यालयको कार्यक्रम भवनमा उत्साहपूर्वक सम्पन्न भयो।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा नारायणप्रसाद गड्तौला, नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका प्रतिष्ठित शिक्षाविद् एवं विशिष्ट साहित्यविद् उपस्थित हुनु भएका थिए। उहाँको उपस्थितिले विद्यार्थीहरूलाई थप प्रेरणा र प्रोत्साहन प्रदान गरेको विद्यालयले जनाएको छ।

    कार्यक्रमको सुरुमा विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले स्वागत मन्तव्य दिँदै विद्यार्थीहरूको सिर्जनशीलता, अभिनय कौशल र समूहगत क्षमताको प्रशंसा गर्नुभयो। उहाँले माछापुच्छ्रे I.B. वर्ल्ड स्कूलले बालबालिकाको समग्र विकासका लागि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    कार्यक्रमको बीचमा प्रमुख अतिथि गड्तौला सरले विद्यार्थीहरूको कलात्मक प्रस्तुतिबारे मन्तव्य दिँदै, नाटककला बालबालिकाको भाषिक, सामाजिक र सांस्कृतिक विकासमा अत्यन्तै महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।

    कार्यक्रमको समापनका क्रममा विद्यालयका CEO डा. बिनोद यादवले धन्यवाद ज्ञापन गर्दै अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम अत्यन्तै सफल भएको कुरा उल्लेख गर्नुभयो।

    विद्यार्थी प्रतिनिधि टोलीले performers तथा सहयोगी साथीहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई सम्झनलायक बनाउने प्रतिबद्धता पनि व्यक्त गर्‍यो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend