आईटी करिअर मेला भ्रमण गर्न साउथ सिटी कलेजको विद्यार्थीलाई आह्वान

वीरगञ्ज–१५, विश्वा, पर्सामा अवस्थित साउथ सिटी कलेज अफ साइन्स एण्ड टेक्नोलोजी काठमाडौं विश्वविद्यालय (KU) बाट सम्बन्धन प्राप्त शैक्षिक संस्था हो। विज्ञान तथा सूचना प्रविधि क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापित यो कलेज मधेस प्रदेशमा प्रविधिमैत्री शिक्षा प्रवर्द्धन गर्दै अगाडि बढिरहेको छ।
कलेजले ब्याचलर अफ टेक्निकल एजुकेशन इन इन्फर्मेसन टेक्नोलोजी (B.Tech. Ed. in IT) / ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) को दोहोरो डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ। यो कार्यक्रम सूचना प्रविधिमा बलियो प्राविधिक ज्ञानसँगै शिक्षण तथा प्रशिक्षण क्षमताको विकास गर्न केन्द्रित छ, जसले विद्यार्थीलाई उद्योग र शैक्षिक दुवै …