काठमाडौं। रिकिशीको आयोजनामा आयोजित कार्यक्रममा जापानी नागरिक तथा विश्व शान्तिका अनुयायी काजु योरिसिकाले विश्व शान्ति समाजद्वारा स्थापित ‘शान्तिको तारा’ सम्मान शिक्षाविद् तथा वरिष्ठ साहित्यकार, ‘अँखामा जापान’ कृतिका लेखक डा. रामप्रसाद दाहाल, गण्डकी विश्वविद्यालयका पूर्व कुलपति प्रा. डा. गणेशमान गुरुङ तथा पूर्वीय चिन्तक एवं स्वामी डा. चिन्तामणिनाथ योगीलाई समर्पण गरेका छन्।
कार्यक्रमका क्रममा काजु योरिसिकाद्वारा लेखिएको पुस्तक ‘अटोमेटिक स्वतन्त्रता’ को औपचारिक रूपमा लोकार्पणसमेत गरिएको थियो।
सोही अवसरमा डा. हरि शर्मा, इन्जिनियर महेश कठायत तथा उषा गिरिलाई पनि मायाको चिनो प्रदान गरिएको थियो। सम्मान प्रदान गरिएकोमा जापानी समूहप्रति आयोजक तथा सहभागीहरूले खुशी व्यक्त गरेका थिए।
कार्यक्रममा पुस्तक ‘अटोमेटिक स्वतन्त्रता’ को विषयवस्तु, दर्शन तथा विश्व शान्तिमा यसको योगदानबारे वक्ताहरूले विस्तृत रूपमा प्रकाश पारेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, साहित्यकार तथा शान्तिप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend