logo

२०८३ साउन १३ बुधबार

काठमाडौँ महानगरपालिका वडा नं. २९ मा ४ दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

काठमाडौँ महानगरपालिका वडा नं. २९ मा ४ दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, २७ चैत्र २०८२
  • 2.8K
    SHARES

    काठमाडौं :  — नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको आयोजना तथा काठमाडौँ महानगरपालिकाको सहयोगमा वडा नं. २९ को सभाहलमा सञ्चालन गरिएको ४ दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।

    उक्त तालिममा स्थानीय समुदायलाई आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो। तालिमले विपद् तथा आकस्मिक अवस्थाहरूमा तुरुन्तै सहयोग पुर्‍याउन सक्ने जनशक्ति तयार पार्ने लक्ष्य राखेको थियो।

    तालिमको समापन समारोह नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका अध्यक्षज्यूको सभापतित्वमा सम्पन्न भएको थियो। यस समारोहमा प्रमुख अतिथि वडा नं. २९ का अध्यक्ष कुश ढकालको उपस्थिति रहेको थियो।

    समापन कार्यक्रममा वडा सचिव शम्भु बराल, कामपा स्वास्थ्य विभाग प्रमुख, वडा सदस्यहरू, रेडक्रसका पदाधिकारी तथा सदस्यहरू, साथै प्रशिक्षक र प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    चार दिने उक्त तालिममा सहभागी भई लिखित तथा प्रयोगात्मक दुवै परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्ने २६ जना स्थानीय सहभागीहरूलाई समापन समारोहका अवसरमा प्रमाण–पत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा वक्ताहरूले यस्ता तालिमहरूले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आकस्मिक अवस्थामा जीवनरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। साथै, आगामी दिनहरूमा पनि यस्ता उपयोगी तथा व्यवहारिक तालिमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend