logo

२०८३ साउन १३ बुधबार

गुरु–शिष्य परम्पराको सम्मानमा मोडर्न कन्यामा भव्य गुरु पूर्णिमा समारोह

गुरु–शिष्य परम्पराको सम्मानमा मोडर्न कन्यामा भव्य गुरु पूर्णिमा समारोह


हाम्रो राष्ट्र
  • बुधबार, १३ साउन २०८३
  • 442
    SHARES

    काठमाडौं: गुरु–शिष्य परम्पराको महत्त्व, ज्ञानको गरिमा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मोडर्न कन्या कलेजमा गुरु पूर्णिमा भव्य रूपमा मनाइएको छ।

    “गुरु ब्रह्मा गुरु विष्णु, गुरु देवो महेश्वरः। गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः।” मन्त्रको गुञ्जायमान वातावरणबीच आयोजित कार्यक्रममा शिक्षाविद् तथा साहित्यकार डा. रामप्रसाद दाहालले पानसमा दीप प्रज्वलन गरी समारोहको उद्घाटन गर्नुभयो। चर्चित चरित्र अभिनेत्री रश्मि भट्टले केक काटेर गुरु पूर्णिमाको शुभारम्भ गर्दै गुरुहरूप्रति सम्मान व्यक्त गर्नुभयो।

    समारोहमा प्रा. मुकुन्दराज दाहाल, प्रा. सविन पोख्रेल, प्रा. ऋद्धि आचार्य, प्रा. भरत सापकोटा, प्रा. सङ्गीता शाह, पत्रकार कल्पना शर्मा, सञ्चारकर्मी सुरेन्द्र पौडेल, सामाजिक अभियन्ताहरू सीता भट्टराई, अप्सरा थापा, दीपिका शाह, सुनिता केसी तथा साहित्यकार  सरिता शैलीलगायतले गुरुको महिमा, ज्ञानको शक्ति, नैतिक शिक्षा र गुरु–शिष्य सम्बन्धको महत्वबारे प्रेरणादायी मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रमको सञ्चालन मनिता आचार्यले गर्नुभएको थियो। स्वागत मन्तव्य गङ्गा केसीले राख्नुभएको थियो भने धन्यवाद ज्ञापन प्रकृति दाहालले गर्नुभएको थियो। कार्यक्रमको समन्वय कल्पना कटुवाल र सिम्रोन राउतले गर्नुभएको थियो।

    वक्ताहरूले गुरु केवल शिक्षण गर्ने व्यक्ति मात्र नभई समाजलाई सही मार्गमा डोर्‍याउने पथप्रदर्शक भएको उल्लेख गर्दै ज्ञान, संस्कार र अनुशासनको विकासमा गुरुको भूमिका अतुलनीय रहेको धारणा व्यक्त गरेका थिए।

    श्रद्धा, सम्मान र सांस्कृतिक गरिमाका साथ सम्पन्न उक्त समारोहले गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउने तथा नयाँ पुस्तालाई ज्ञान र संस्कृतिप्रति प्रेरित गर्ने सशक्त सन्देश दिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend