logo

२०८३ कार्तिक १२ बुधबार

युरोपेली संघद्वारा नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस २०२६ मनाइयो

युरोपेली संघद्वारा नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस २०२६ मनाइयो


हाम्रो राष्ट्र
  • बुधबार, २७ साउन २०८३
  • 1.3K
    SHARES

    काठमाडौँ, २७ साउन २०८३ (१२ अगस्ट २०२६) – युरोपेली संघ (EU) को नेपालस्थित प्रतिनिधिमण्डलले काठमाडौँको होटल मल्लमा अवसर, नवप्रवर्तन र युवा नेतृत्वलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय युवा दिवस २०२६ भव्य रूपमा मनाएको छ।

    यस कार्यक्रममा १,५०० भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत एरास्मस मुन्डस प्रि-डिपार्चर ओरिएन्टेसन, EU युथ फेस्ट २०२६, र EU युथ एलम्नाई डे आयोजना गरियो। कार्यक्रममा नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले युरोपका विभिन्न विश्वविद्यालयहरूमा स्नातकोत्तर तह अध्ययनका लागि प्रतिष्ठित ‘एरास्मस मुन्डस’ छात्रवृत्ति प्राप्त गर्ने ४२ जना नेपाली विद्यार्थीहरू (२२ महिला र २० पुरुष) लाई बधाई तथा शुभकामना दिनुभयो।

    सोही अवसरमा युरोपेली संघले १.९१ मिलियन युरो (करिब रु. २७ करोड भन्दा बढी) बराबरका दुई नयाँ अनुदान कार्यक्रम—’कोड’ (CODE) र ‘उडान’ (UDAAN) को घोषणा गरेको छ। यी आयोजनाहरूले नेपालका सातै प्रदेशका युवाहरूलाई डिजिटल सीप, प्रविधि, रोजगारी र उद्यमशीलतामा जोड्न सहयोग पुर्‍याउनेछन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend