logo

२०८३ भाद्र १७ बुधबार

भोटेकोशी विपद्का कारण ३०औँ इक्यान डे (वार्षिकोत्सव) को औपचारिक उत्सव स्थगित गरी राहत र सहयोगमा केन्द्रित

भोटेकोशी विपद्का कारण ३०औँ इक्यान डे (वार्षिकोत्सव) को औपचारिक उत्सव स्थगित गरी राहत र सहयोगमा केन्द्रित


हाम्रो राष्ट्र
  • आइतबार, १४ भाद्र २०८३
  • 663
    SHARES

    काठमाडौँ,  रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरो र त्यसले पुर्‍याएको ठूलो जनधनको क्षतिपछि नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले होटेल एभरेस्टमा आयोजना गर्ने भनिएको आफ्नो ३०औँ स्थापना दिवसको औपचारिक तथा भव्य उत्सव कार्यक्रम पूर्ण रूपमा स्थगित गरेको छ। औपचारिक समारोह स्थगित गरी संघले राष्ट्रिय विपद्को यस कठिन समयमा राहत, उद्धार र सहयोगलाई प्राथमिकता दिएको छ: राहत कोषमा आर्थिक सहयोग: इक्यानले बाढी प्रभावित क्षेत्र, क्षतिग्रस्त शैक्षिक पूर्वाधार पुनःनिर्माण तथा बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख १ हजार (र थप संकलित गरी कुल १५ लाख २० हजारभन्दा बढी) को चेक हस्तान्तरण गरेको छ।

    मानवीय ऐक्यबद्धता कार्यक्रम: औपचारिक उत्सवको सट्टा इक्यानले लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ एभरग्रीनसँगको सहकार्यमा बागबजारस्थित सल्यान हाउसमा रक्तदान कार्यक्रम तथा भाद्र १३ गते माइतीघर मण्डलामा दीप प्रज्वलन एवं प्रतीकात्मक श्रद्धाञ्जली सभा आयोजना गरी ऐक्यबद्धता जनाएको छ।

    “उत्सवभन्दा माथि मानवता” भन्ने मर्मलाई आत्मसात् गर्दै इक्यानले विपद्को समयमा सम्पूर्ण सदस्य, परामर्श व्यवसायी र शुभेच्छुकहरूलाई उद्धार तथा राहत अभियानमा एकजुट हुन आह्वान गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend