काठमाडौँ, काठमाडौँको मीनभवनस्थित भी.एस. निकेतन सेकेन्डरी स्कुलका कक्षा ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागितामा तीन दिने ‘युथ इन एक्शन मोडल युनाइटेड नेसन्स’ (YIAMUN 2026) कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच र अन्तर्राष्ट्रिय मुद्दाहरूप्रति सचेतना जगाउने उद्देश्यले आयोजित यस सम्मेलनले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण टेवा पुर्याएको छ।
कार्यक्रमको पहिलो दिन अर्थात् सन् २०२६ अगस्ट २८, शुक्रबारका दिन उद्घाटन सत्रको सञ्चालन जेसिका र सजनाले गरेका थिए। कार्यक्रममा भी.एस. निकेतनका संस्थापक अध्यक्ष श्रीमती उर्मिला पोख्रेल, प्रिन्सिपल श्री रन्जित कुमार पंडित, भाइस प्रिन्सिपल बन्दना लामा म्याम, स्कुल/कलेज म्यानेजर म्याम र ब्लक इन्चार्ज लगायतका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। संस्थापक अध्यक्ष श्रीमती उर्मिला पोख्रेलले पानसमा बत्ती बालेर विधिवत् रूपमा उद्घाटन गर्नुभएको यस समारोहमा कृतिका, सुवर्ण, निष्ठा र सम्भवले स्वस्ति वचन वाचन गरेका थिए। राष्ट्रियगान पश्चात् प्रिन्सिपल श्री रन्जित कुमार पंडितले विद्यार्थीहरूलाई प्रेरणादायी सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा गणेश वन्दना, सेक्रेटरी जनरल कृतिका जैसवालको मन्तव्य, दिलमाया एन्ड ग्रुपको नृत्य तथा आरिफ अली र श्रेयानको सांगीतिक प्रस्तुतिले माहोललाई थप आकर्षक बनाएको थियो। कार्यक्रमको पहिलो चरणको अन्त्यमा कमिटीका चेयर र भाइस चेयरहरूको घोषणा गरियो भने डाइरेक्टर जनरल सुवर्ण चौलागाईंले धन्यवाद ज्ञापन गरेका थिए।
सम्मेलनको तेस्रो तथा अन्तिम दिन सन् २०२६ अगस्ट ३०, आइतबारका दिन समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो। सादिक्षा र अदितिले सञ्चालन गरेको उक्त समापन समारोहमा आयाम श्रेष्ठ र श्रेयान श्रेष्ठको सांगीतिक प्रस्तुति, लोजी एन्ड ग्रुपको नृत्य, प्रेसिडेंट सुश्री श्रद्धा भट्टको मन्तव्य तथा भाइस प्रिन्सिपल बन्दना म्यामको विशेष धन्यवाद मन्तव्य रहेको थियो।
कार्यक्रममा विभिन्न ६ वटा कमिटीहरू अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने भी.एस. निकेतनका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। विभिन्न समितिहरूमा उत्कृष्ट ठहरिएका प्रतिनिधिहरूको विवरण यसप्रकार रहेको छ:
भी.एस. निकेतन सेकेन्डरी स्कुलका विद्यालय परिवार, शिक्षकगण र आयोजकहरूले सम्पूर्ण सहभागी विद्यार्थीहरूलाई उनीहरूको कडा मेहनत, उत्कृष्ट प्रस्तुति र कूटनीतिक कुशलताका लागि बधाई तथा शुभकामना ज्ञापन गरेका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend