logo

२०८३ कार्तिक १२ बुधबार

एटीयूसँगको सहकार्यमा हब इन्टरनेसनल एजुकेसनद्वारा आयरल्यान्ड अध्ययन अवसरबारे जानकारी

एटीयूसँगको सहकार्यमा हब इन्टरनेसनल एजुकेसनद्वारा आयरल्यान्ड अध्ययन अवसरबारे जानकारी


हाम्रो राष्ट्र
  • बिहिबार, १५ असोज २०८३
  • 715
    SHARES

    काठमाडौं । नेपाली विद्यार्थीका लागि आयरल्यान्डमा उच्च शिक्षा अध्ययनका अवसर तथा पछिल्ला जानकारी उपलब्ध गराउने उद्देश्यले हब इन्टरनेसनल एजुकेसन प्रालिले एटलान्टिक टेक्नोलोजिकल युनिभर्सिटी (एटीयू) का दक्षिण एसिया विद्यार्थी भर्ना व्यवस्थापक विक्रम टोकीसँग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ।

    कार्यक्रममा विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आयरल्यान्डमा उच्च शिक्षा अध्ययनका अवसर, उपलब्ध अध्ययन कार्यक्रम, शैक्षिक मार्ग, भर्ना प्रक्रिया तथा एटीयूमार्फत प्राप्त गर्न सकिने भविष्यका अवसरबारे जानकारी प्रदान गरिएको थियो।

    कार्यक्रममा हब इन्टरनेसनल एजुकेसन प्रालिका आयरल्यान्ड तथा बेलायत विभाग प्रमुख शुभम रेग्मीले समेत आयरल्यान्डमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि पछिल्ला अध्ययन अवसर तथा अद्यावधिक जानकारी साझा गरेका थिए। उनले आयरल्यान्डको शिक्षा क्षेत्रमा भइरहेका विकास तथा विद्यार्थीले ध्यान दिनुपर्ने विभिन्न विषयबारे जानकारी गराएका थिए।

    भ्रमणका क्रममा हब इन्टरनेसनल एजुकेसनको टोलीका लागि प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो। प्रशिक्षणमा विद्यार्थीलाई आयरल्यान्ड अध्ययनका लागि प्रभावकारी परामर्श प्रदान गर्ने विषयमा पछिल्ला जानकारी, अनुभव तथा रणनीतिबारे छलफल तथा विचार आदानप्रदान गरिएको थियो।

    हब इन्टरनेसनल एजुकेसन प्रालिले सन् २००६ देखि Education in Ireland लाई प्रवर्द्धन गर्दै आएको जनाएको छ। विश्वविद्यालय तथा शिक्षा प्रतिनिधिसँगको यस्तो प्रत्यक्ष अन्तरक्रियाले विद्यार्थीलाई सही र अद्यावधिक जानकारी उपलब्ध गराउन तथा गुणस्तरीय अध्ययन विकल्प छनोटमा सहयोग पुग्ने संस्थाको भनाइ छ।

    हब इन्टरनेसनल एजुकेसनले एटलान्टिक टेक्नोलोजिकल युनिभर्सिटीसँगको सहकार्यलाई निरन्तरता दिँदै आयरल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न चाहने थप नेपाली विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    कार्यक्रमले विद्यार्थी तथा शैक्षिक परामर्शदातालाई आयरल्यान्डको उच्च शिक्षा र एटीयूका अध्ययन अवसरबारे विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नुका साथै दुई संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend