logo

२०८३ साउन १४ बिहिबार

स्वास्थ्य संस्थाहरुको सुधारको विषय कुनै सस्तो लोकप्रियताको लागि होइनः मेयर साह

स्वास्थ्य संस्थाहरुको सुधारको विषय कुनै सस्तो लोकप्रियताको लागि होइनः मेयर साह


हाम्रो राष्ट्र
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड पालना नगर्ने संङ्घ र प्रदेश मातहतका अस्पतालहरुमा हस्तक्षेपकारी कानूनी कारवाही गर्ने चेतावनी दिएको छ ।

    बुधबार महानगरका मेयर बालेन साहले विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस् भन्ने आफूहरुको अपेक्षा रहेको बताएका हुन् ।

    उनले भनेका छन्, ‘स्वास्थ्य संस्थाहरुको सुधारको विषय कुनै सस्तो लोकप्रियताको लागि होइन । कानुन व्यवस्था गर्नुको जुन उद्देश्य छ, सोही अनुसार स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस् भनी हामीले अग्रसरता लिइरहेको प्रष्ट पार्न चाहन्छौं । काठमाडौं महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्य सम्बन्धी कानून/मापदण्डको पालना नगरेको पाइएमा संङ्घ/प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कारवाही गरिने व्यहोरा यसै विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

    उनले सरकारी अस्पतालमा समेत सरसफाई, सेवाप्रवाह अस्तव्यस्त पाइएको उल्लेख गरेका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंङ्गबाट सञ्चालन भएका दुई वटा स्वास्थ्य संस्था बन्द गरेको छ । मेयर साहले यस कार्यलाई अझ प्रभावकारी बनाउन महानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी कानूनी दायरामा स्वास्थ्य संस्थालाई ल्याउन स्पष्ट निर्देशन गरिएको जानकारी दिएका छन् ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend