logo

२०८३ कार्तिक १२ बुधबार

‘फेसियल’ उपचारका लागि अलग्गै अस्पताल

‘फेसियल’ उपचारका लागि अलग्गै अस्पताल


हाम्रो राष्ट्र
  • शनिबार, ६ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । अनुहारमा देखिने खुँडोपनलगायतका विभिन्न समस्याको उपचारका लागि नेपालमा ‘क्रेनियोफेसियल’ सम्बन्धी अलग्गै अस्पताल स्थापना हुने भएको छ ।

    अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोग तथा क्रेनियोफेसियल सर्जन डा सुमित सिंहको पहलमा काठमाडौँको नख्खुमा उक्त अस्पताल स्थापना गर्न लागिएको शनिबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो । आगामी डेढ वर्षमा सो अस्पताल स्थापना हुनेछ ।

    क्रेनियोफेसियल सर्जन प्रा डा हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहायतामा सञ्चालन हुने यस अस्पतालमार्फत मानिसको अनुहारमा हुने खुँडोपन, चोटपटक या दुर्घटनाबाट अनुहार कुच्चिएको या बिग्रिएको र अन्य समस्याको पनि उपचार हुनेछ ।

    अस्पतालको स्थापना नहुँदासम्म एकद्वार उपचार केन्द्रका रूपमा वसुन्धरामा रहेको कान्तिपुर डेन्टल जनरल अस्पतालबाट सो सेवाको सुरुवात गरिएको छ । क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनले यस्तो प्रकृतिको अस्पताल भारत तथा अफ्रिकाका विभिन्न मुलुकहरूमा पनि सञ्चालनमा ल्याएको छ ।

    नेपालका विपन्न नागरिकलाई निःशुल्करूपमा उपचार गर्ने उद्देश्यले नेपालमा पहिलोपटक उक्त अस्पताल स्थापना हुन लागेको क्रेनियोफेसियल सर्जन डा सिंहले जानकारी दिए । सो कार्यक्रममा डा सिंहले नेपालमा हरेक आठ सयमध्ये एक जनामा खुँडोपन तथा अनुहारका विभिन्न विकृतिसम्बन्धी समस्या रहेको जानकारी गराए ।

    डा सिंहका अनुसार पहिलो चरणमा प्रत्येक वर्ष पाँच सय जनालाई निःशुल्क सेवा दिने र अस्पताल पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक एक हजार पाँच सय जनालाई निःशुल्क सेवा दिने लिक्ष्य लिइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend