logo

२०८३ कार्तिक १२ बुधबार

आयुर्वेदका लागि नेपाल उचित गन्तव्यस्थलः प्रधानमन्त्री

आयुर्वेदका लागि नेपाल उचित गन्तव्यस्थलः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् ।

    काठमाडौंमा शुक्रबार सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

    प्रधानमन्त्रीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्युनिकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए ।

    उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अतिमहत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे ।

    भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवद्र्धन गर्न जरुरी रहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend