logo

२०८३ कार्तिक १२ बुधबार

‘दिलमाया-२’ को टिजर सार्वजनिक

‘दिलमाया-२’ को टिजर सार्वजनिक


हाम्रो राष्ट्र
  • आइतबार, २१ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया २’को अफिसियल टिजर सार्वजनिक भएको छ ।

    आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । प्रेम कथामा निर्माण भएको सिनेमाको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ ।

    राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा किरण र सेन्जलका अलवा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ ।

    ‘दिलमाया २’ को लेखन तथा निर्देशन स्वयंम् राजु गिरीको नै रहेको छ । बिष्णु निराकर र सुस्मिता खत्रीले खिचेको सिनेमामा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन रहेको छ । सिनेमालाई शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् ।

    सिनेमामा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन र प्रोडक्सन म्यानेजरमा रेश्मा केसी रहेकी छन् । ‘दिलमाया’को सिक्वेलको रुपमा निर्माण भएको सिनेमा आगामी असार २९ गतेबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आउँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend