logo

२०८३ साउन १३ बुधबार

नेपालका तीर्थस्थलहरूको दर्शन गर्न आग्रह

नेपालका तीर्थस्थलहरूको दर्शन गर्न आग्रह


हाम्रो राष्ट्र
  • शुक्रबार, १ असार २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गर्नुभएको छ । भारतीय वर्किङ जर्नालिस्ट युनियनले आज यहाँ आयोजना गरेको सेमिनारमा उहाँले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गर्नुभयो ।

    “हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमशृङ्खला  छन् । मधेसदेखि हिमालसम्मको लोभलाग्दो हावापानी पनि छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै एकजुट हुनुपर्ने समय आएको छ”, प्रवक्ता महतले भन्नुभयो, “हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् । यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।”

    उहाँले नेपाल र भारतको सम्बन्ध युगौंदेखिको रहि आएको भन्दै सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend