logo

२०८३ कार्तिक १२ बुधबार

काठमाडौं, बैशाख ०१ – युवा व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको मर्मस्पर्शी लोकदोहोरी गीत ‘आमा जेलैमा’ सार्वजनिक

काठमाडौं, बैशाख ०१ – युवा व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको मर्मस्पर्शी लोकदोहोरी गीत ‘आमा जेलैमा’ सार्वजनिक


हाम्रो राष्ट्र
  • सोमबार, १ बैशाख २०८२
  • 4.4K
    SHARES

    काठमाडौं ,बैशाख ०१, लोक तथा दोहोरी गीतको क्षेत्रलाई समर्पित गर्दै युवा व्यवसायी र समाजसेवी विनय अधिकारीले फेरि एकपटक दर्शक–श्रोताको मन छुने सिर्जना ल्याएका छन्। बैशाख १ गते (नेपाली नयाँ वर्षको दिन) सार्वजनिक गरिएको मर्मस्पर्शी गीत ‘आमा जेलैमा’ आमाको संघर्ष, माया, पीडा र त्यागलाई केन्द्रविन्दुमा राखेर तयार पारिएको छ।

    अधिकारीकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतमा आमाले आफ्ना सन्तानहरूका लागि सहने दुःख, कष्ट र जेलजस्तो जीवनलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ।

    गीतमा चर्चित गायक तथा सर्जक खेम सेन्चुरी र सदाबहार लोकप्रिय गायिका देवी घर्तीको सशक्त स्वर रहेको छ। संगीतमैत्री कृष्ण लामिछानेको संगीत संयोजन र निर्देशनले गीतलाई भावनात्मक उचाइ प्रदान गरेको छ।

    गीतको बोल विनय अधिकारी र कृष्ण लामिछानेको संयुक्त शब्द सिर्जनाबाट तयार पारिएको हो। यस म्युजिक भिडियोमा अधिकारी स्वयंको साथै सुस्मिता चौलागाईं र रश्मि भट्टको उत्कृष्ट तथा सशक्त अभिनयले गीतको भावलाई जीवन्त बनाएको छ।

    यसअघि विनय अधिकारीले ‘युके बस्ने माया’, ‘किन याद आउँछ’ लगायतका आधा दर्जन बढी गीतमार्फत नेपाली संगीतप्रेमीको मन जितिसकेका छन्। सबै गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै मनोरञ्जन र चेतनाको सन्देश बोकेको छ।

    ‘आमा जेलैमा’ गीतले विशेषगरी प्रवासमा रहेका सन्तानहरूको भावनालाई स्पर्श गर्छ। जसरी एक आमाले सन्तानको भविष्यका लागि दुःख सहेर पनि उनीहरूलाई उज्यालो दिन खोज्छिन्, त्यसको चित्रण गीतमा प्रस्ट देखिन्छ।

    गीत अहिलेको डिजिटल युगमा एक सशक्त सन्देशवाहक बनेर आएको छ र आमाको योगदानलाई स्मरण गराउने उत्कृष्ट सांगीतिक उपहार हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend