logo

२०८३ साउन १४ बिहिबार

ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान

ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान


हाम्रो राष्ट्र
  • मंगलबार, ७ चैत्र २०७९
  • 1.5K
    SHARES

    ललितपुर । ललितपुरमा कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छवटै स्थानीय तहमा यही चैत ९ गतेदेखि १२ गतेसम्म कोरोनाविरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिए ।

    “स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बुस्टर डोज खोप दिनेछौँ । पहिलो बुस्टर नलगाएकालाई पहिलो बुस्टर र पहिलो बुस्टर लगाएर छ महिना पुगेकालाई दोस्रो बुस्टर मात्रा दिने अहिलेको अभियान छ”, उनले भने ।

    उनका अनुसार यो अभियान जिल्लाका पाँच वटा पालिकामा चैत ९ र १० गते सञ्चालन हुनेछ । महाँकाल गाउँपालिकामा भने चैत १०, ११ र १२ गते सञ्चालन हुनेछ ।

    आज जिल्लामा क्रियाशील पत्रकारसँगको अन्तक्र्रियामा हाल नेपालमा कोरोनाविरुद्धको खोप १५ लाख मात्रा रहेको छ भने ललितपुरमा ३१ हजार मात्रा रहेको जानकारी दिइयो ।

    पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष सागर न्यौपानेले जिल्लामा सञ्चालन हुने खोप अभियान प्रभावकारी बनाउनका लागि स्थानीय सञ्चारमाध्यममार्फत समाचारलाई प्रभावकारीरुपमा प्रवाह गर्ने प्रतिबद्धता जनाए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend