काठमाडौँ: Education Matters ले न्युजिल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि “Study in New Zealand – Information Session & One-on-One Counseling” कार्यक्रम चैत ३ गते (मार्च १७, २०२६) बागबजारस्थित होटल हार्दिक भवनमा सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा Kshitij Garg, Estero Education Services का म्यानेजिङ डाइरेक्टर, प्रमुख वक्ताको रूपमा सहभागी भई न्युजिल्यान्डमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।
आयोजकका अनुसार कार्यक्रममा भर्ना प्रक्रिया, आवेदन विधि, विद्यार्थी भिसा कागजात, छात्रवृत्ति अवसरहरू, उच्च माग भएका शैक्षिक कार्यक्रमहरू तथा अध्ययनपछिका करियर सम्भावनाहरू बारे विस्तृत र अद्यावधिक जानकारी प्रदान गरिएको थियो।
यस अवसरमा क्षितिज गर्गले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई न्युजिल्यान्डको शिक्षा प्रणाली तथा आवेदन प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सहयोग गर्ने बताएका थिए। उनले यस्ता सेसनहरूले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक तथा करियर निर्णय लिन सहज बनाउने उल्लेख गर्दै व्यक्तिगत काउन्सेलिङमार्फत सहभागीहरूले आफ्ना जिज्ञासाहरू समाधान गर्ने अवसर पाएको बताएका थिए।
आयोजकका अनुसार Education Matters र Estero को सहकार्यमा न्युजिल्यान्डका सबै ८ विश्वविद्यालय, पोलिटेक्निक संस्थाहरू तथा प्रमुख निजी संस्थाहरू को प्रतिनिधित्व गरिँदै आएको छ, जसले विद्यार्थीहरूलाई भरपर्दो जानकारी उपलब्ध गराउँदै आएको छ।
कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। अन्त्यमा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो, जहाँ सहभागीहरूले अध्ययन, भिसा प्रक्रिया तथा करियर अवसरसम्बन्धी जिज्ञासा राखेका थिए।
Education Matters ले अन्तर्राष्ट्रिय अध्ययनका लागि विश्वसनीय मार्गदर्शन र निरन्तर सहयोग प्रदान गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend