logo

२०८३ कार्तिक १३ बिहिबार

कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार, शपथसँगै पहिलो बैठकको तयारी

कांग्रेसको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार, शपथसँगै पहिलो बैठकको तयारी


हाम्रो राष्ट्र
  • बिहिबार, १३ कार्तिक २०८३
  • 312
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा पार्टीको नेतृत्व सम्हालेको छ। बिहीबार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    पार्टी सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए। शपथ ग्रहणसँगै नयाँ कार्यसमितिका सदस्यहरूले पार्टीको जिम्मेवारी सम्हाल्ने औपचारिक प्रक्रिया पूरा गरेका छन्।

    यसपटकको शपथ ग्रहण कार्यक्रम विगतका कार्यक्रमभन्दा फरक ढाँचामा आयोजना गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले जानकारी दिएका छन्। उनका अनुसार निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदबहालीसमेत गराइएको छ।

    सभापति थापाले यसअघि असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए। नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेसँगै पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो बैठक बस्ने तयारीसमेत गरिएको छ।

    महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वका लागि अब पार्टीलाई थप सुदृढ बनाउने, संगठनलाई प्रभावकारी बनाउने र नागरिकको विश्वास जित्ने चुनौती तथा अवसर दुवै रहेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend