logo

२०८३ भाद्र १७ बुधबार

नेपालमा पहिलोपटक एजमी इञ्जिनियरिङ पेरिसको अन्तरक्रियात्मक भर्ना सत्र सम्पन्न

नेपालमा पहिलोपटक एजमी इञ्जिनियरिङ पेरिसको अन्तरक्रियात्मक भर्ना सत्र सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, २३ चैत्र २०८२
  • 1.3K
    SHARES

    काठमाडौं, चैत २४ — फ्रान्सस्थित एजमी इञ्जिनियरिङ पेरिसको अन्तर्राष्ट्रिय टोलीले नेपालमा पहिलोपटक अध्ययन–अवसरसम्बन्धी अन्तरक्रियात्मक भर्ना सत्र सञ्चालन गरेको छ। स्टडी कनेक्ट नेपालद्वारा कमलादीस्थित कार्यालयमा आयोजित कार्यक्रममा इञ्जिनियरिङ र प्रविधि क्षेत्रमा भविष्य निर्माण गर्न इच्छुक विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। फ्रान्सका १३१ इञ्जिनियरिङ विद्यालयमध्ये ११औँ स्थानमा रहेको ईएसएमईले आफ्नो शैक्षिक उत्कृष्टता र नवप्रवर्तनमुखी शिक्षण प्रणालीबारे जानकारी गराएको थियो। विद्यालयले आफ्ना ९६ प्रतिशत स्नातक विद्यार्थी दुई महिनाभित्र रोजगारीमा आबद्ध हुने तथ्य पनि प्रस्तुत गरेको थियो। कार्यक्रममा सूचना प्रविधि तथा डिजिटल प्रणाली, रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता र ऊर्जा रूपान्तरण तथा दिगोपनाजस्ता भविष्यकेन्द्रित विषयहरूबारे विस्तृत जानकारी दिइएको थियो।

    कार्यक्रममा सहभागी एजमी इञ्जिनियरिङका प्रतिनिधिहरू मेलिसा हमिटुशे, सारा क्याम्पिस्ट्रोन तथा अन्तर्राष्ट्रिय विकास निर्देशक पाउल बाडेउले नेपाली विद्यार्थीहरू फ्रान्सको इञ्जिनियरिङ क्षेत्रमा सफल हुन सक्ने सम्भावना उच्च रहेको धारणा राखेका थिए। उनीहरूले एजमी इञ्जिनियरिङमा आधुनिक प्रयोगशाला, अन्तर्राष्ट्रिय वातावरण र उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीलाई व्यावसायिक रूपमा सक्षम बनाइने संकेत गरेका थिए। साथै, फ्रान्समा अध्ययनले विश्वस्तरीय शिक्षा मात्र नभई अन्तर्राष्ट्रिय रोजगारी तथा सांस्कृतिक अनुभवका अवसरहरू पनि प्रदान गर्ने उल्लेख गरिएको थियो।

    स्टडी कनेक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत प्रकाश ढकालले ईएसएमई टोलीप्रति आभार व्यक्त गर्दै नेपाली विद्यार्थीहरूलाई यस्ता अन्तर्राष्ट्रिय अवसरहरूको लाभ लिन आग्रह गरे। उनले फ्रान्समा अध्ययनका लागि आवेदनदेखि स्नातकसम्म सम्पूर्ण प्रक्रियामा स्टडी कनेक्ट नेपालले सहजीकरण गर्ने बताउँदै इच्छुक विद्यार्थीहरूलाई सम्पर्क गर्न अनुरोध गरे।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend