logo

२०८३ असोज ७ बुधबार

माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, २६ चैत्र २०८२
  • 1.3K
    SHARES

    ललितपुर, माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलले कक्षा ५ का विद्यार्थीहरूका लागि “ड्रिम टुडे: लिड टुमारो” (Dream Today: Lead Tomorrow) भन्ने मूल नाराका साथ ‘ग्रेजुएशन डे’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूको उत्साहजनक उपस्थितिमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गरिएको थियो।

    कार्यक्रमको औपचारिक सुरुवात विद्यालयका प्रधानाध्यापक होमनाथ आचार्य र प्रमुख कार्यकारी अधिकृत (CEO) डा. विनोद यादवद्वारा विरुवामा पानी हालेर गरिएको थियो। यो कार्यले वृद्धि, सिकाइ र दिगो भविष्यको प्रतीकलाई झल्काएको थियो। उद्घाटन मन्तव्यका क्रममा उनीहरूले बालबालिकाको भविष्यलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए।

    विद्यार्थीका तर्फबाट इभानी पुनले स्वागत मन्तव्य राख्दै विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू र शिक्षक-अभिभावकप्रति आभार प्रकट गरिन्। उनले विद्यालयको यात्राले आफूहरूमा आत्मविश्वास र ज्ञानको विकास भएको बताइन्।

    प्रमुख कार्यकारी अधिकृत डा. विनोद यादवले विद्यालय गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यार्थीहरूमा विश्वव्यापी दृष्टिकोण विकास गर्न सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उनले यस्ता कोशेढुङ्गाहरू विद्यार्थीको कडा मिहिनेत र विद्यालयको समर्पणको परिणाम भएको उल्लेख गर्नुभयो।

    अभिभावकका तर्फबाट श्रद्धा शाक्यले विद्यार्थीको शैक्षिक र व्यक्तिगत विकासमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। त्यस्तै, विद्यालय संयोजक रवीन्द्र घिमिरेले यो कार्यक्रम विद्यार्थीहरूका लागि नयाँ अवसरको सुरुवात भएको बताउँदै उनीहरूलाई निरन्तर सिक्ने जिज्ञासा राखिरहन प्रोत्साहन गर्नुभयो।

    कार्यक्रमको समापनमा प्रधानाध्यापक होमनाथ आचार्यले  विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। प्रमाणपत्र वितरण र विविध सांस्कृतिक प्रस्तुतिसँगै कार्यक्रम उत्साहका साथ समापन भएको थियो।

    Additional News 

    Photo Archive 

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend