logo

२०८३ मंसिर ११ बिहिबार

जापानी गायिका कोउतोउ मारियाको प्रस्तुतिसँगै प्यासन फाउन्डेसनद्वारा विद्यार्थीलाई विशेष सहयोग तथा सहुलियत

जापानी गायिका कोउतोउ मारियाको प्रस्तुतिसँगै प्यासन फाउन्डेसनद्वारा विद्यार्थीलाई विशेष सहयोग तथा सहुलियत


हाम्रो राष्ट्र
  • बिहिबार, ११ मंसिर २०८३
  • 546
    SHARES

    काठमाडौं । नेपाली गीत तथा संगीतप्रति विशेष रुचि राख्ने चर्चित जापानी गायिका कोउतोउ मारिया काठमाडौंको पुतलीसडकस्थित प्यासन फाउन्डेसनको केन्द्रीय कार्यालयमा आयोजित सांगीतिक तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएकी छन् । कार्यक्रममा गायिका मारियाले ‘फूलबुट्टे सारी’, ‘दुश्मन हेरेको हेर्‍यै’, ‘तालको पानी’ लगायतका लोकप्रिय नेपाली गीत प्रस्तुत गर्दै विद्यार्थी तथा कर्मचारीलाई भरपूर मनोरञ्जन प्रदान गरिन् । सांगीतिक प्रस्तुतिसँगै विद्यार्थी तथा कर्मचारीसँग गीत गाउँदै नृत्यसमेत गरेकी मारियाको आत्मीय व्यवहारले कार्यक्रमको माहोल निकै उत्साहपूर्ण बनेको थियो ।

    नेपाली भाषा सिकिरहेको बताउँदै उनले नेपाली गीतहरू अत्यन्त सुन्दर, भावपूर्ण र मन छुने रहेको उल्लेख गरिन् भने रसुवा तथा त्रिशूली क्षेत्रमा हालै आएको बाढीबाट भएको क्षतिप्रति दुःखसमेत व्यक्त गरिन् । सो अवसरमा जापानमा उच्च शिक्षा हासिल गर्ने तयारीमा रहेका विद्यार्थीहरूसँग जापानी भाषामै प्रत्यक्ष संवाद गर्दै मारियाले जापानी भाषा राम्रोसँग सिकेर जापान आउन आग्रह गरिन्, जसले विद्यार्थीलाई जापानी भाषा अभ्यास गर्ने, विदेशी संस्कृति बुझ्ने र आत्मविश्वास बढाउने महत्त्वपूर्ण अवसर प्रदान गर्‍यो ।

    सन् २०१४ देखि वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको प्यासन फाउन्डेसनले विद्यार्थीको उच्च शिक्षाको आकांक्षालाई साकार बनाउन विशेष सहयोग र सहुलियत उपलब्ध गराउँदै आएको छ । कार्यक्रमका अवसरमा बोल्दै प्यासन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक पुष्पराज पहरीले संस्थाले विद्यार्थीहरूलाई केवल परामर्श मात्र नदिई भाषा अभ्यास, सांस्कृतिक घुलमिल र सही गन्तव्य छनोटमा निरन्तर अभिभावकत्व प्रदान गरिरहेको बताए । सीईओ पहराईले भने, “विदेश अध्ययनमा जाने विद्यार्थीहरूका लागि भाषा र संस्कृतिको ज्ञान अत्यन्त महत्त्वपूर्ण हुन्छ । जापानी गायिका मारियासँगको प्रत्यक्ष संवादले जापान जाने तयारीमा रहेका विद्यार्थीहरूमा थप ऊर्जा र आत्मविश्वास भरेको छ । हामीले विद्यार्थीको शैक्षिक यात्रा सहज होस् भन्नका लागि पारदर्शी मार्गदर्शनसँगै आर्थिक सहुलियतका कार्यक्रमसमेत अघि सारेका छौं ।”

    प्रबन्ध निर्देशक पहरीका अनुसार संस्थाले विद्यार्थीको रुचि, शैक्षिक योग्यता र करिअरको लक्ष्यअनुसार विश्वविद्यालय तथा कलेज छनोट, आवश्यक कागजातको तयारी र भिसा आवेदन प्रक्रियामा सरल तथा पारदर्शी मार्गदर्शन प्रदान गरिरहेको छ । विद्यार्थीलाई थप प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले हाल प्रोसेसिङ शुल्कमा २५ प्रतिशत र परामर्श शुल्कमा २५ प्रतिशत छुटको विशेष व्यवस्थासमेत गरेको छ । प्यासन फाउन्डेसनमार्फत विद्यार्थीहरूले अमेरिका, डेनमार्क, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान, इटाली र फिनल्यान्ड गरी नौ मुलुकका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजमा उच्च शिक्षाका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक अध्ययन तथा छुट सुविधासम्बन्धी विस्तृत जानकारीका लागि पुतलीसडकस्थित कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न वा संस्थाको आधिकारिक वेबसाइट https://passionfoundation.edu.np/ मार्फत जानकारी लिन सकिनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend