काठमाडौं: विश्व सम्पदा दिवस तथा पर्यटन प्रवर्द्धनको अवसर पारेर काठमाडौको बौद्ध स्तुपा नजिकै ‘HARIMA JAPANESE RESTAURANT’ को औपचारिक उद्घाटन गरिएको छ। नेपालस्थित जापानी राजदूत Maeda Toru ले एक समारोहबीच रिबन काटेर रेस्टुरेन्ट उद्घाटन गर्नुभयो।
दि भानासुट होटल एन्ड स्पा को माथिल्लो तलामा सञ्चालनमा आएको उक्त रेस्टुरेन्टबाट बौद्ध स्तुपाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। जापानी कुकको उपस्थितिमा तयार गरिने विभिन्न स्वादिला जापानी परिकार तथा सांस्कृतिक नृत्य–नाटकसहितको प्रस्तुति यहाँको मुख्य विशेषता रहनेछ।
नेपाल भ्रमणमा आउने पर्यटकहरूको प्रमुख गन्तव्यस्थल बौद्ध क्षेत्रमा स्थापना गरिएको यो रेस्टुरेन्ट पर्यटक आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका जापानी तथा नेपाली नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त रेस्टुरेन्ट पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता उषा गिरी र उहाँकै समूहको लगानी तथा सक्रियतामा स्थापना गरिएको हो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend