काठमाडौं, असार २५ । “स्वस्थ नागरिक, समृद्ध समाज” भन्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिका वडा नं. २९ महिला सञ्जालको आयोजनामा ५० देखि ७० वर्षसम्मका पुरुषहरूका लागि निःशुल्क प्रोस्टेट जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा पुरुषहरूलाई नियमित स्वास्थ्य परीक्षणप्रति प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमार्फत सहभागी पुरुषहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श समेत लिएका थिए।

कार्यक्रममा स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सहयोगी संस्थाका प्रतिनिधिहरू तथा काठमाडौं महानगरपालिका वडा नं. २९ का जनप्रतिनिधि एवं स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
स्वास्थ्यप्रति नागरिकको पहुँच र सचेतना बढाउन यस्ता कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने आयोजकले जनाएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend