logo

२०८३ मंसिर १० बुधबार

ICCC Appreciation Award 2026 सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखालाई सम्मान

ICCC Appreciation Award 2026 सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखालाई सम्मान


हाम्रो राष्ट्र
  • बुधबार, १० मंसिर २०८३
  • 455
    SHARES

    काठमाडौं। ICCC Nepal ले कर्मचारीहरूको मेहनत, समर्पण र संस्थाको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै काठमाडौं म्यारियट होटलमा ICCC Appreciation Award 2026 कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। संस्थाका निर्देशक राम खड्काको उपस्थितिमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा शाखालाई सम्मान गरिएको थियो।

     

    कार्यक्रममा संस्थाका निर्देशक राम खड्काले कुनै पनि संस्थाको सफलता एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने बताउँदै त्यसका पछाडि सम्पूर्ण टिमको सामूहिक मेहनत, सहकार्य र समर्पण रहने उल्लेख गर्नुभयो। ICCC आजको अवस्थामा आइपुग्नुमा टिमका प्रत्येक सदस्यको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले सबै कर्मचारीको मेहनत र उपलब्धिको सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा प्रदान गरिएका प्रमुख अवार्ड तथा सम्मानहरूमा:

    Branch of the Year 2026 – पुतलीसडक शाखा (मनोनयन): वरिष्ठ काउन्सिलर युवराज खड्काले पुतलीसडक शाखालाई उक्त विधामा मनोनयन गरेकोमा ICCC प्रति आभार व्यक्त गर्नुभयो।

    Market Expansion Excellence Award 2026 – दीपक कापडेल।

    Market Expansion Award 2026 – गरिमा बिष्ट (Multi-Destination Counselling)।

    कार्यक्रममा सम्मानित हुने सम्पूर्ण कर्मचारी तथा टिम सदस्यहरूलाई बधाई दिँदै संस्थाले उनीहरूको योगदानको उच्च कदर गरेको थियो।

    कार्यक्रममा सांगीतिक प्रस्तुति तथा प्रेरणादायी मन्तव्यहरू पनि प्रस्तुत गरिएका थिए। वक्ताहरूले कर्मचारीहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न, नयाँ लक्ष्य निर्धारण गर्न, सेवा विस्तारमा योगदान पुर्‍याउन र सामूहिक प्रयासमार्फत संस्थालाई थप उचाइमा पुर्‍याउन प्रेरित गरेका थिए।

    अवार्ड वितरणसँगै कार्यक्रम कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र एकअर्काको योगदानको सम्मान गर्ने अवसरका रूपमा समेत रहेको थियो। कार्यक्रममा विगतका संघर्ष, उपलब्धि र आगामी योजनाबारे अनुभव आदानप्रदान गरिएको थियो।

    ICCC ले अवार्ड प्राप्त गर्ने सम्पूर्ण विजेताहरूलाई बधाई दिँदै अवार्ड प्राप्त नगरे पनि दैनिक रूपमा उत्तिकै मेहनत र जिम्मेवारीका साथ काम गरिरहेका सबै टिम सदस्यहरूको योगदान संस्थाका लागि महत्वपूर्ण रहेको जनाएको छ।

    ICCC Appreciation Award 2026 ले संस्थाभित्र टिम भावना, कर्मचारीको मनोबल र आगामी लक्ष्यप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend