logo

२०८३ साउन १४ बिहिबार

झलकमान लोक संगीत सम्मान बद्री पंगेनीलाई प्रदान गरिने

झलकमान लोक संगीत सम्मान बद्री पंगेनीलाई प्रदान गरिने


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । लोक गायक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मान प्रदान गरिने भएको छ । बिन्ध्यबासिनी म्युजिक अवार्ड को १३औं संस्करण समारोहका बीच २५ हजार नगदसहित बिन्ध्यवासिनी फाउन्डेसनले यो सम्मान गर्न लागेको हो ।

    लाईफ टाईम अचिभमेन्ट अवार्ड, संगीत साधना सम्मान, प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारिता सम्मानका अतिरिक्त यो वर्षबाट झलकमान लोक संगीत सम्मानको विधा थप भएको आयोजक संस्थाले जनाएको छ ।

    नेपाली सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीतलाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्पराको थालनी बिन्ध्यवासिनी म्युजिकले गरेको छ । बिन्ध्यवासिनी म्युजिक अवार्डको १३ औ संस्करण २२ वैशाखमा हुने फाउन्डेसनले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend