logo

२०८३ कार्तिक १२ बुधबार

युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा ‘छुकछुक छुकछुक’

युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा ‘छुकछुक छुकछुक’


हाम्रो राष्ट्र
  • आइतबार, ७ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। जागृत रायमाझीको शब्द र संगीत रहेको गीतमा सुरज पण्डितको स्वर रहेको छ।

    गीतको भिडियोमा सुरज पण्डित, सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ती राई, रेजिना बस्नेत, होम बहादुर आचार्य, अदिति आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ। मल्लाज प्रोडक्सनको प्रस्तुति रहेको गीतको भिडियोमा केदार श्रेष्ठको कथा, स्क्रिनप्ले र निर्देशन रहेको छ।

    गीतले नेपालमा केही गर्छु भन्ने रहर भएपनि विदेशिनु पर्ने बाध्यता र युवाहरु विदेशिदा गाउँ रित्तो भएको कथा बोलेको छ। वर्तमान राजनीतिक प्रवृत्तिमाथि व्यङ्ग्य गर्नुका साथै विदेशीएका परिवारको भावनालाई गीतमा समेट्न खोजिएको छ।

    गीतले गाउँको अवस्था फेर्न युवा जागरुकताको माग गरेको छ। विदेशिनु पर्ने बाध्यताको अन्त्यका लागि युवालाई नयाँ क्रान्तिको लागि प्रोत्साहन समेत गरेको छ। गीतमार्फत् विदेशिका युवाहरुलाई पनि आफ्नो देश समृद्ध बनाउनका लागि योग्दान दिन आग्रह गरिएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend