logo

२०८३ साउन १५ शुक्रबार

कर्णाली प्रतिष्ठानले राकममा एकसय श्ययाको अस्पताल बनाउँदै

कर्णाली प्रतिष्ठानले राकममा एकसय श्ययाको अस्पताल बनाउँदै


हाम्रो राष्ट्र
  • बुधबार, १० फाल्गुन २०७९
  • 1.4K
    SHARES

    कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेख आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा एक सय शय्याको अस्पताल बनाउने भएको छ ।

    एक सय श्ययाको अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा पास गरेका छन् ।

    राकममा उक्त अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक र नगरपालिकाका पूर्वनगरप्रमुख खड्गबहादुर सेजुवालले विसं २०७६ फागुन १० गते समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता मितिदेखि प्रतिष्ठानले आठबीस नगरपालिकालाई विशेषज्ञ सेवा प्रवाहका लागि चिकित्सक पठाउने गरेको छ ।

    अहिले आठबीसको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को सहयोगमा प्रतिष्ठान जुम्लाले अक्सिजन प्लान्ट सहयोग गरेको छ । जसको उद्घाटन मंगलबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले गरे

    अक्सिजन प्लान्टको उद्घाटनका क्रममा योजनामन्त्री शाहले प्रदेश सरकारले राकम कर्णालीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने बताए ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अस्पताल निर्माणका लागि राकम छानेको भन्दै मन्त्री शाहले कृतज्ञता प्रकट गरे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले प्रतिष्ठानले कर्णालीका १० र सुदूरपश्चिमका बझाङ, बाजुरा र अछामलाई आफ्नो कार्य क्षेत्र बनाउँदै आएको बताए ।

    “राकम कर्णाली हुम्ला र मुगुको तल्लो भेक, बाजुरा, अछाम, कालीकोट र दैलेख जिल्लाको ट्रान्जिट पोइन्ट नै पर्छ”, उनले भने, “कर्णाली राजमार्ग पनि यसैमा परेकोले कुनै दुर्घटना वा अन्य बिरामीको उपचारका लागि राकम केन्द्रबिन्दु नै पर्छ ।”

    उपकुलपति रावललका अनुसार प्रतिष्ठानले सहयोग गरेको ३२ लाख पाँच हजार बजेटको अक्सिजन प्लान्टले एक सय ७० देखि दुई सय सिलिन्डर भर्न सक्ने र कालीकोट र अछाममा निर्यात गर्न सक्छ यद्यपि यसका लागि विद्युत् आवश्यक छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend