logo

२०८३ साउन १४ बिहिबार

‘ओभर द मुन’को फस्टलुक सार्वजनिक

‘ओभर द मुन’को फस्टलुक सार्वजनिक


हाम्रो राष्ट्र
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । युवी मिडिया इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सर्ट फिल्म ‘ओभर द मुन’को फस्टलुक सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको निर्देशन रहेको फिल्मको पोष्टरमा प्रमुख दुई पात्र समीप निरौला र उमेश खड्कालाई प्रस्तुत गरिएको छ ।

    फिल्ममा शुभेच्क्षा थापा, समीप निरौला, उमेश खड्का, बिम्ली सुशीला निरौला, रश्मी भट्ट, भगवान भण्डारी, सुरेश पुडासैनी, सहारा खड्का क्षेत्री, चन्द्र गुरुङ, रोशनी न्यौपाने, मन महर्जन, रेखा केसी, निकिशा श्रेष्ठ, भरत जिम्बा, गौरव हमाल, बिस्वल न्यौपाने, आकांक्षा गुरुङ र गोपाल ढुंगानाको अभिनय छ । फिल्ममा बाल कलाकारद्वय रक्षा दाहाल र रोहन भट्टराईको पनि अभिनय छ ।

    निर्देशक थापाले फिल्मले समलिंगीसँग सम्बन्धित कथा देखाउने बताइन् । ‘समाजमा केटाकेटा र केटीकेटीले बिहे गर्न या माया गर्न चाहेमा समाज र घर – परिवारबाट कसरी अपहेलित हुनुपर्छ । छोराछोरीको इच्छालाई समर्थन नगरे केसम्म हुन्न सक्छ भन्ने कुरा फिल्ममा समेटिएको छ’, उनले भनिन् ।

    फिल्ममा उमेश खड्काको कथा र गीत, उत्तमजंग लिम्बु रहेको छ, प्रज्जवल कार्कीको स्वर, शंकर जी विश्वकर्माको कोरियोग्राफी,बिनोद लामा खुपेन्द्र ढुङ्गेलको छायांकन, सुदर्शन खत्रीको सहायक निर्देशन, चन्द्र गुरुङको मेकअप, दिनेश चौधरीको कष्ट्युम, उज्जवल खड्काको प्रोडक्सन छ ।

    उमेश खड्काको लगानी रहेको फिल्ममा सुरेश पुडासैनी सल्लाहकार छन् । फिल्मको डिजिटल राइट्स युबी मिडिया इन्टरटेनमेन्टसँग छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend